• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   विश्वमै सबैभन्दा दुःखी देश कुन हो ? ★   वन्यजन्तुका लागि जङ्गलमै पोखरी निर्माण ★   रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० भन्दा बढीको मृत्यु ★   जसपाका मन्त्रीको राजीनामा स्वीकृत, प्रधानमन्त्रीको काँधमा १० मन्त्रालयको जिम्मेवारी ★   कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध ★   संसद्मा गीतबाट सवाल–जवाफ ★   प्रभासको ‘कल्की’ले शाहरुखको फिल्म ‘जवान’को रेकर्ड तोड्यो ★   कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता ★   चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक, रोमान्टिक भावमा वर्षा र अमरको दमदार नृत्य ★   वीरगञ्जबाट एक करोड ८९ लाख बराबरको सामान बरामद

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु



file photo

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बैठक सुरु भएको हो ।

बैठकले नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्ने बताईएको छ । कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने लगायतका विषयमा समझदारी भएको छ ।

कांग्रेस–एमालेले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । तर दाहालले तत्काल राजीनामा नदिने बरु संसदमा विश्वासको मत सामना गर्ने तयारी गरेका छन् ।