• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु



file photo

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बैठक सुरु भएको हो ।

बैठकले नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्ने बताईएको छ । कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने लगायतका विषयमा समझदारी भएको छ ।

कांग्रेस–एमालेले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । तर दाहालले तत्काल राजीनामा नदिने बरु संसदमा विश्वासको मत सामना गर्ने तयारी गरेका छन् ।