३० श्रावण २०८३, शनिबार
,
Latest
इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैनः नेता साउद लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु साहको आरोप: सरकार आफैँ हुण्डी कारोबारमा संलग्न छ



अ+ अ-

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको आरोप लगाउनुभएको छ ।

कालोधनलाई सेता बनाउन सरकारका मन्त्रीहरुनै कानूनले प्रतिवन्ध लगाएको हुण्डी कारोकारमा संलग्न रहेको उहाँको जिकिर थियो । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष साहले सरकारका मन्त्री, उच्च ओहोदाका कर्मचारी र ठूल्ठूला व्यापारिक घरानाले मिलेर हुण्डी कारोबारको सञ्जाल नै बनाएको उल्लेख गर्दै त्यसले मुलुकलाई आर्थिक रुपमा झनै बर्बाद बनाउने बताउनु भयो । उहाँले हुण्डी कारोबारकै कारण राजश्व छली हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

अध्यक्ष साहले भन्नुभयो, ‘हुण्डी कारोबारको बारेमा सरकारको दृष्टिकोण के छ, हामी जान्न चाहन्छौं । आज हुण्डी कारोबारले गर्दा देश खोक्रो भइसक्यो । अर्थतन्त्र तहसनहस छ । भ्रष्टाचार दिन दहाडै बढ्दो छ । कालो धनलाई सेतो बनाउने सहज भएपछि भ्रष्टाचार रोक्ने होइन, आकर्षित भइरहेको छ । अपराधका घटनाहरु हुण्डी कारोबारका कारण बढ्दो छ । लागुऔषध नेपालमा बेरोकटोक छिर्दो छ । सुन क्वीन्टलका क्वीन्टल नेपाल आईरहेका छन । यो अवस्था नेपालमा छ । हुण्डी कारोबार के नेपालमा नियन्त्रण गर्नैं नसकिने हो ? नेपालको कानूनले यसलाई ठूलो अपराध ठानेको छ । तर सरकारले यसलाई किन नियन्त्रण गर्न सक्दैन भनेर प्रश्न गर्न चाहन्छु । आज हामीले देखिराखेको छौं–नेपालको खर्ब खर्ब रुपैयाँ दिनदहाडै विदेश गईराखेको छ । हुण्डी कारोबारका कारण नेपालको खर्बौं खर्ब दुनियाले देख्नेगरी विदेश गईराखेको छ । यसलाई रोक्नै नसकिने हो र । हुण्डी कारोबारीको संरचना के तोड्नै नसकिने हो ? सरकार उच्च ओहोदाका मान्छेहरु हुण्डि कारोबारमा संलग्न छन् । मन्त्रीहरु, ठूल्ठूला व्यापारिक घरानाहरु हुण्डी कारोबारमा संलग्न छन । बैंकहरु आफैैँ अप्रत्यक्ष रुपमा त्यसमा संलग्न छन् । र, नेपाल यसरी बर्बाद हुँदैछ । राजस्व दिनदहाडै छली हुन्छ । भन्सार छली हुण्डीकै कारण भएको छ । हुण्डी कारोबारका कारण कालो धन सफेद हुने अवस्था छ । सरकार आफै हुण्डी कारोबारमा संलग्न छ ।’

अध्यक्ष साहले बैंकहरु समेत हुण्डी कारोबारमा संलग्न देखिएको भन्दै आपत्ति जनाउनु भयो ।