• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   विश्व च्याम्पियन भारत जिम्बाब्वेसँग हार्यो, डेब्यु गर्ने तीन खेलाडीले १० रन समेत बनाउन सकेनन् ★   बाढी, पहिरो र डुबानमा परेर देशभर १४ जनाको मृत्यु ★   त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गए – शिक्षामन्त्री ★   प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः एमाले ★   तत्काल राजीनामा दिएर नयाँ सरकार गठनमा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध ★   वेब सिरिज ‘घर बट इन अमेरिका’बाट १० वर्षपछि अरुणिमा लम्सालको कमब्याक ★   पूर्वमन्त्री आलेद्वारा उपचार सहयोग प्रदान ★   सिद्धार्थ राजमार्ग भासियो ★   बलान नदीमा फसेका ६ किसानको उद्धार

दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त



एजेन्सी । विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकलाई रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले आफ्नो ब्याटिङ प्रशिक्षक र मेन्टरमा नियुक्त गरेको छ ।

यसको जानकारी आरसीबीले एक सामाजिक सञ्जाल पोस्टमा दिएको छ । कार्तिकले यस वर्ष जुन १ मा इन्डियन प्रिमियर लिग (आईपीएल) सँगसँगै क्रिकेटका सबै फर्म्याटबाट सन्यासको औपचारिक घोषणा गरेका थिए ।

दिनेश कार्तिकले भारतसँग २ वटा आईसीसी ट्रफी जितेका छन् । यसमा २००७ को टी–२० विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफी समावेश छ ।

कार्तिकले भारतका लागि २६ टेस्ट, ९४ एकदिवसीय र ६० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । आईसीसी ट्रफीसँगै कार्तिकले सन् २०१० र २०१८ मा भारतसँग एसिया कप पनि जितेका छन् ।

कार्तिक आईपीएलका सबै सिजन खेलेका थोरै खेलाडीमध्ये पर्छन् । उनले यस लिगमा २५७ खेल खेलेका छन् र २६.३२ को औसतमा ४,८४२ रन बनाएका छन् । आरसीबी बाहेक, कार्तिकले कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स, दिल्ली डेयरडेभिल्स, गुजरात लायन्स र किंग्स इलेभेन पञ्जाबबाट पनि खेलेका थिए ।