२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर महानगरपालिकाद्वारा सन्दीप लामिछानेलाई सम्मान



अ+ अ-

चितवन । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ ।

आज यहाँ एक कार्यक्रमको आयोजना गरी उहाँलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । उहाँलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।

त्यस अवसरमा नगरप्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति अझ प्रोत्साहित हुने विचार व्यक्त गर्दै भरतपुर महानगरपालिकाले खेलाडी सम्मानलाई प्राथमिकतामा राखेको बताउनुभयो । भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणदेखि खेलक्षेत्रमा सक्दो सहयोग गर्दै आएको उहाँले आएको बताउनुभयो ।

जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले खेलक्षेत्रको विकासका लागि महानगरले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो ।