• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

शेयर बजारमा दोहोरो सर्किट, ४० मिनेटका लागि कारोबार बन्द



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोस्रो सर्किट लागेपछि ४० मिनेटका लागि कारोबार बन्द गरिएको छ ।

पहिलो सर्किट ब्रेक खुलेको एक मिनेट नबित्दै दोस्रो सर्किट ब्रेक लगेर ४० मिनेटका लागि सेयरको खरिदबिक्री बन्द गरिएको हो ।

बजार खुलेको एक मिनेटमै पहिलो सर्किट ब्रेक लगेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो । एक मिनेटमै ८२.४८ अङ्कले २१३५.८७ को बिन्दुमा रोकिएको थियो ।

दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२.६८ अङ्कले बढेर २१५६.०७ बिन्दुमा पुगेर रोकिएको छ ।

शेयर बजारमा नेप्से परिसूचक एक घण्टाअघि ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ । त्यसै गरी ६ प्रतिशतले बढेमा दिनभरिको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।