• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

रास्वपा नयाँ गठबन्धनमा सहभागी नहुने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काँग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने भएको छ ।

मंगलबार बिहान बसेको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

बैठकले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको र यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने निष्कर्ष निकालेको उनले बताए ।उनले भने, ‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन । यसले राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने हाम्रो बुझाइ छ । यो गठबन्धनमा हामी सहभागी हुँदैनौँ।’