• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

संविधान संशोधनमा सहमत हुने दलहरुलाई ओली नेतृत्व सरकारमा समावेश गरिने



file

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा अन्य दललाई पनि समावेश गर्ने बताएका छन् ।

राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने गरी नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सहमति भएको जानकारी दिँदै उनले यस्तो भनेका हुन् ।

‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानुन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा(एमाले) र नेपाली कांग्रेसका बिचमा समझदारी । यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने’, पोखरेलले भनेका छन् ।