२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह

अस्पताल खोलेर मात्र जनस्वास्थ्य राम्रो

अस्पताल खोलेर मात्र जनस्वास्थ्य राम्रो
अ अ+ अ-

काठमाडौं । २०७७ मंसिरमा नामसरा बि.क आछाममा तुर्मखाँद कि ३८ वर्षिया महिलाको छैटौ सन्तान गर्भ रहँदा उच्च रक्तचाप भयो । धामी झाक्रिको ‘उपचार’ गराएपछि पनि ‘ठिक’ भएन । अनि स्वास्थ्य चौकि लगे धेरै रगत बगिसकेको “यस्तो अवस्थामा गर्भवती र सुत्केरीलाई हेलीकप्टरले उद्धार गर्छ भन्ने परिवारलाई पनि थाहा थिएन ।” मृतकका दाजुले भने । हामीले बडो गर्व गरेको महिलाको उत्थानको लागि भनेको कार्यक्रमको जनतालाई जानकारी नै रहेनछ । आछामकी नामसरालाई जानकारी र चेतनाको अभावमा, समयमा नै अस्पतालमा पुर्‍याउन नसक्दा सुत्केरीको मृत्यु भयो । अर्थात भवन, डाक्टरले औषधी आदिले मात्र यस्ता स्वास्थ्य समस्या समाधान गर्न नसक्ने रहेछ । नामसरा बि.क ले ६ वटा सन्तान पाइरहँदा हामीले “नेपालमा महिलाहरूको प्रजनन् स्वास्थ्य राम्रो भएको छ । कम बच्चा पाउन थालेका छन् भनेर गरेको ‘गर्व’ पनि चुरचुर भयो । के यस्तो समस्या अस्पताल र डाक्टरले मात्र समाधान गर्न सक्छन् त रु लामो समय बिरामी हुँदा पनि, धामीलाई मात्र देखाएका जनतालाई उपचार गराउन जानु पर्छ भन्ने चेतना नहुनु हाम्रो नितीको कमजोरी होइन र ?

औषधीको अभावमा चैत्रदेखि कार्तिकसम्म १४४ जना महिलाहरू आमा बन्दा मरेको खबर स्वास्थ्य मंत्रालयले पाएको छ । केहि हप्ता अघि देश भरमा ३०९ वटा अस्पतालको शिलान्यास भएछ । शिलान्यास भएको कति वर्षपछि अस्पताल बन्ला ? अनि त्यो अस्पताल बनेर मात्र जनताको स्वास्थ्य समस्या समाधान हुँदैन भनेर कसैले सोच्ला ? अस्पताल, स्वास्थ्य चौकिका भवन ठडिएर मात्रै जनस्वास्थ्य राम्रो हुने भए अहिले नेपालका सबै जनताको स्वास्थ्य राम्रो भइसक्ने थियो । यदि अस्पताल (त्यो पनि फोहोर, नाली बगेको,  दुर्गन्धित, शौचालय बिग्रोको) भएर मात्रै स्वास्थ्य राम्रो हुँदो हो त नेपालीहरू सबै स्वास्थ्य हुने थिए । किनभने धेरै ठाउँमा स्वास्थ्य चौकिका भवन छन्, तर त्यहाँ न स्वास्थ्यकर्मि छन्, उपकरण-औषधी भइदिएको भए बालबालिकालाई कुपोषण हुने थिएन, गर्भवती महिलाहरूलाई रक्तअल्पता हुने थिएन, गर्भवती महिला सुत्केरीमा धेरै रगत बगेर असुरक्षित गर्भपतन भएर महिलाहरू मर्ने थिएनन् । परिवार नियोजनको साधनको अभावमा महिलालाई बारम्बार बच्चा जन्माउनु पर्ने थिएन । बालबालिकाहरू बाथ, मुटु रोगको शिकार हुने थिएनन् । तर अस्पतालले सबै स्वास्थ्य समस्या हल गर्छ र भन्ने प्रश्न कसैले गर्दैनन् । अस्पताल खेलेपछि त्यहाँको जनशक्ति, औषधी, सरसफाइ, ब्यवस्थापनको विचार कसले गर्ने ? अस्पतालको भवन ठडिएर मात्र ठूलो उपलब्धि हुने होइन, समुदायमा जनचेतना फैलाएर, सकेसम्म मानिसहरूलाई अस्पताल आउन नपर्ने अवस्थामा मात्र सरकारले स्वास्थ्यमा राम्रो प्रतिफल पाउन सक्छ । सरकारी काठमाडौंका अस्पताल, जिल्लाका अस्पतालहरू हेर्दा थाहा हुन्छ कि कसरी खराब ब्यवस्थापनको कारणले ‘अस्पताल’ हरूले स्तरिय स्वास्थ्य सेवा दिन सकेका छैनन् । कोरोनाको बेलामा स्पष्ट थाहा भयो खराब ब्यवस्थापन र ‘खराब राजनीतिले’ कसरी जनस्वास्थ्य डाम्माडोल भएको छ ।

नेपालका अहिलेका कतिपय अस्पताल, प्राथमिक स्वास्थ्य चौकिमा कति सेवा दिएको छ भनेर अनुसन्धान गर्ने हो भने स्पष्ट हुन्छ, यसरी अन्धाधुन्ध अस्पताल र स्वास्थ्य चौकि खोलेर फाइदा हुँदैन । कति अस्पतालमा के सेवा पाइन्छ अहिले शिल्यान्यास भएको अस्पतालहरूले निर्माणमा कुल लागत कुल ५८ अरब लाग्ने अनुमान छ । सबैलाई थाहा छ, अस्पतालको कुल लागत खरबमा पुग्नेछ । किनभने समयमा यी अस्पताल बन्ने छैनन् । बनेपनि आधा बनेर छोडिनेछन् ।

केही दिन अघि म आछामको चौरहजारी स्वास्थ्य चौकिमा गएकी थिएँ । ६ वर्ष अगाडि बन्नु पर्ने प्राथमिक स्वास्थ्य केन्द्र आधा बनेको अवस्थामा थियो । चौरहजारी स्वास्थ्य चौकिले धेरै पुरानो भवनबाट सेवा दिइरहेको थियो तर त्यहाँ आउनु पर्ने औषधि पछिल्ला ८ महिनादेखि आएका थिएनन् । आछाममा गरिएको यो छलफलबाट यो पनि थाहा भयो कि त्यहाँबाट जनस्वास्थ्यको जनचेतना जगाउने, पोषण सम्बन्धी कार्यक्रम हुँदैनन् ।

प्राथमिक स्वास्थ्य सेवाले कसरी विभिन्न समस्या समाधान गर्छन् भन्ने हामीसँग उदाहरण छ । पोलियो, भ्यागुते रोग लहरे खोकि आदिको खोप दिएपछि यस्ता रोगहरू निर्मूल भएका छन् । यदि यस्ता खोप लगाउने चेतना नदिएको भए, प्राथमिक स्वास्थ्यकेन्द्रमा खोप नलगाएको भए कति बालबालिका मर्थे ? अस्पताल चाहिन्छ, त्यहाँ डाक्टर, नर्स, अन्य कर्मचारी पनि चाहिन्छन् । तर ३५४ वटा अस्पताल वडा, वडामा खोलेपछि स्वास्थ्य समस्या हल हुन्छ भन्ने चाहिँ होइन ।