४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

अस्पताल खोलेर मात्र जनस्वास्थ्य राम्रो

अस्पताल खोलेर मात्र जनस्वास्थ्य राम्रो
अ+ अ-

काठमाडौं । २०७७ मंसिरमा नामसरा बि.क आछाममा तुर्मखाँद कि ३८ वर्षिया महिलाको छैटौ सन्तान गर्भ रहँदा उच्च रक्तचाप भयो । धामी झाक्रिको ‘उपचार’ गराएपछि पनि ‘ठिक’ भएन । अनि स्वास्थ्य चौकि लगे धेरै रगत बगिसकेको “यस्तो अवस्थामा गर्भवती र सुत्केरीलाई हेलीकप्टरले उद्धार गर्छ भन्ने परिवारलाई पनि थाहा थिएन ।” मृतकका दाजुले भने । हामीले बडो गर्व गरेको महिलाको उत्थानको लागि भनेको कार्यक्रमको जनतालाई जानकारी नै रहेनछ । आछामकी नामसरालाई जानकारी र चेतनाको अभावमा, समयमा नै अस्पतालमा पुर्‍याउन नसक्दा सुत्केरीको मृत्यु भयो । अर्थात भवन, डाक्टरले औषधी आदिले मात्र यस्ता स्वास्थ्य समस्या समाधान गर्न नसक्ने रहेछ । नामसरा बि.क ले ६ वटा सन्तान पाइरहँदा हामीले “नेपालमा महिलाहरूको प्रजनन् स्वास्थ्य राम्रो भएको छ । कम बच्चा पाउन थालेका छन् भनेर गरेको ‘गर्व’ पनि चुरचुर भयो । के यस्तो समस्या अस्पताल र डाक्टरले मात्र समाधान गर्न सक्छन् त रु लामो समय बिरामी हुँदा पनि, धामीलाई मात्र देखाएका जनतालाई उपचार गराउन जानु पर्छ भन्ने चेतना नहुनु हाम्रो नितीको कमजोरी होइन र ?

औषधीको अभावमा चैत्रदेखि कार्तिकसम्म १४४ जना महिलाहरू आमा बन्दा मरेको खबर स्वास्थ्य मंत्रालयले पाएको छ । केहि हप्ता अघि देश भरमा ३०९ वटा अस्पतालको शिलान्यास भएछ । शिलान्यास भएको कति वर्षपछि अस्पताल बन्ला ? अनि त्यो अस्पताल बनेर मात्र जनताको स्वास्थ्य समस्या समाधान हुँदैन भनेर कसैले सोच्ला ? अस्पताल, स्वास्थ्य चौकिका भवन ठडिएर मात्रै जनस्वास्थ्य राम्रो हुने भए अहिले नेपालका सबै जनताको स्वास्थ्य राम्रो भइसक्ने थियो । यदि अस्पताल (त्यो पनि फोहोर, नाली बगेको,  दुर्गन्धित, शौचालय बिग्रोको) भएर मात्रै स्वास्थ्य राम्रो हुँदो हो त नेपालीहरू सबै स्वास्थ्य हुने थिए । किनभने धेरै ठाउँमा स्वास्थ्य चौकिका भवन छन्, तर त्यहाँ न स्वास्थ्यकर्मि छन्, उपकरण-औषधी भइदिएको भए बालबालिकालाई कुपोषण हुने थिएन, गर्भवती महिलाहरूलाई रक्तअल्पता हुने थिएन, गर्भवती महिला सुत्केरीमा धेरै रगत बगेर असुरक्षित गर्भपतन भएर महिलाहरू मर्ने थिएनन् । परिवार नियोजनको साधनको अभावमा महिलालाई बारम्बार बच्चा जन्माउनु पर्ने थिएन । बालबालिकाहरू बाथ, मुटु रोगको शिकार हुने थिएनन् । तर अस्पतालले सबै स्वास्थ्य समस्या हल गर्छ र भन्ने प्रश्न कसैले गर्दैनन् । अस्पताल खेलेपछि त्यहाँको जनशक्ति, औषधी, सरसफाइ, ब्यवस्थापनको विचार कसले गर्ने ? अस्पतालको भवन ठडिएर मात्र ठूलो उपलब्धि हुने होइन, समुदायमा जनचेतना फैलाएर, सकेसम्म मानिसहरूलाई अस्पताल आउन नपर्ने अवस्थामा मात्र सरकारले स्वास्थ्यमा राम्रो प्रतिफल पाउन सक्छ । सरकारी काठमाडौंका अस्पताल, जिल्लाका अस्पतालहरू हेर्दा थाहा हुन्छ कि कसरी खराब ब्यवस्थापनको कारणले ‘अस्पताल’ हरूले स्तरिय स्वास्थ्य सेवा दिन सकेका छैनन् । कोरोनाको बेलामा स्पष्ट थाहा भयो खराब ब्यवस्थापन र ‘खराब राजनीतिले’ कसरी जनस्वास्थ्य डाम्माडोल भएको छ ।

नेपालका अहिलेका कतिपय अस्पताल, प्राथमिक स्वास्थ्य चौकिमा कति सेवा दिएको छ भनेर अनुसन्धान गर्ने हो भने स्पष्ट हुन्छ, यसरी अन्धाधुन्ध अस्पताल र स्वास्थ्य चौकि खोलेर फाइदा हुँदैन । कति अस्पतालमा के सेवा पाइन्छ अहिले शिल्यान्यास भएको अस्पतालहरूले निर्माणमा कुल लागत कुल ५८ अरब लाग्ने अनुमान छ । सबैलाई थाहा छ, अस्पतालको कुल लागत खरबमा पुग्नेछ । किनभने समयमा यी अस्पताल बन्ने छैनन् । बनेपनि आधा बनेर छोडिनेछन् ।

केही दिन अघि म आछामको चौरहजारी स्वास्थ्य चौकिमा गएकी थिएँ । ६ वर्ष अगाडि बन्नु पर्ने प्राथमिक स्वास्थ्य केन्द्र आधा बनेको अवस्थामा थियो । चौरहजारी स्वास्थ्य चौकिले धेरै पुरानो भवनबाट सेवा दिइरहेको थियो तर त्यहाँ आउनु पर्ने औषधि पछिल्ला ८ महिनादेखि आएका थिएनन् । आछाममा गरिएको यो छलफलबाट यो पनि थाहा भयो कि त्यहाँबाट जनस्वास्थ्यको जनचेतना जगाउने, पोषण सम्बन्धी कार्यक्रम हुँदैनन् ।

प्राथमिक स्वास्थ्य सेवाले कसरी विभिन्न समस्या समाधान गर्छन् भन्ने हामीसँग उदाहरण छ । पोलियो, भ्यागुते रोग लहरे खोकि आदिको खोप दिएपछि यस्ता रोगहरू निर्मूल भएका छन् । यदि यस्ता खोप लगाउने चेतना नदिएको भए, प्राथमिक स्वास्थ्यकेन्द्रमा खोप नलगाएको भए कति बालबालिका मर्थे ? अस्पताल चाहिन्छ, त्यहाँ डाक्टर, नर्स, अन्य कर्मचारी पनि चाहिन्छन् । तर ३५४ वटा अस्पताल वडा, वडामा खोलेपछि स्वास्थ्य समस्या हल हुन्छ भन्ने चाहिँ होइन ।