• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ: मन्त्री श्रेष्ठ ★   बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल ★   एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत: सबै मन्त्रालय कार्यभार प्रधानमन्त्री प्रचण्डलाई ★   मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति ★   अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर ★   बाढी प्रभावित भन्छन्: ‘अब हाम्रा दु:खका दिन सुरु भए’ ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने ★   नेता/कार्यकर्ताको सुझावअनुसार सर्वसहमतिबाट नेतृत्व चयन हुन्छ: सचिव श्रेष्ठ ★   निर्वाचन आयुक्त नियुक्ति : सुनुवाइ समितिले थप विमर्श गर्ने ★   सहमतिबाटै नेतृत्व चयन हुन्छ: अध्यक्ष नेपाल

नेपालको राजनीतिक अवस्था जटिल मोडमा छः अध्यक्ष श्रेष्ठ



तस्बिर: हरिराम भेटुवाल/ रासस

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीर्की अध्यक्ष रञ्जिता श्रेष्ठले नेपालको राजनीतिक अवस्था जटिल मोडमा रहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दलहरुले जनताको आवाजलाई प्रतिनिधित्व गर्दै उनीहरुको आवश्यकता र आकांक्षालाई पूरा गर्नु रहेको बताउनु भयो । उहाँले देशलाई समृद्ध र स्थायित्वको मार्गमा डोर्याउन राजनीतिक दलले नै भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाँले नेकपा एकीकृत समाजवादी पार्टीले यस दिशामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनु भयो । उहाँले नागरिक उन्मुक्ति पार्टीले नागरिकको अधिकार र न्यायको लागि समान प्रतिवद्धता राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दलहरुले जनताको आवाजलाई प्रतिनिधित्व गर्दै उनीहरुको आवश्यकता र आकांक्षालाई पूरा गर्दै देशलाई समृद्ध र स्थायित्वको मार्गमा डोर्याउन सक्नुपर्छ । नेकपा एकीकृत समाजवादी पार्टीले यस दिशामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । हामीले पनि नागरिक उन्मुक्ति पार्टीको तर्फबाट नागरिकको अधिकार र न्यायको लागि समान प्रतिवद्धता राखेका छौँ । देशमा तमाम राजनीतिक दलहरुले राष्ट्रको विकास र समृद्धिका लागि आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान दिएका छन् । यद्यपि दुःखका साथ भन्नुपर्छ, नेपालको राजनीतिक अवस्था जटिल मोडमा रहेको छ ।’

अध्यक्ष श्रेष्ठले राजनीतिक अस्थिरता, आर्थिक असमानता, सामाजिक विभाजनले देशको विकास प्रक्रियामा अवरोध पुर्याइरहेको बताउनु भयो ।