• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo

प्रधानमन्त्री मोदीले सन्यास लिएका कोहलीलाई फोन गरेर के भने ?



एजेन्सी । भारतीय टिमले टी–२० विश्वकप २०२४ को उपाधि जितेको छ । भारतको यो जितमा प्रधानमन्त्री नरेन्द्र मोदीले टोलीका खेलाडीहरूसँग कुराकानी गरेका छन् । प्रधानमन्त्री मोदीले कप्तान रोहित शर्मासहित सबै खेलाडीलाई बधाई दिएका छन् ।

उनले विराट कोहलीसँग विशेष कुराकानी गरेका थिए । प्रधानमन्त्री मोदीको सोसल मिडिया ह्यान्डलबाट विराटको एउटा रोचक तस्बिर पनि शेयर गरिएको छ । जसमा उनी कलमा कुरा गरिरहेको देखिन्छ । यो तस्बिरसँगै एउटा रोचक क्याप्सन पनि लेखिएको छ ।

कप्तान रोहित शर्मा र विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् । टीम इन्डिया च्याम्पियन बनेपछि कोहलीले यो आफ्नो अन्तिम प्रतियोगिता भएको बताएका छन् । प्रधानमन्त्री मोदीले यही कारणले कोहलीको विशेष पोस्ट सेयर गरेका छन् ।

उनले क्याप्सनमा लेखेका छन्, ‘तपाईसँग कुरा गर्न पाउँदा खुसी लाग्यो। तपाईंले फाइनलमा जुन प्रकारको इनिङ्स खेल्नुभयो, तपाईंले भारतीय ब्याटिङलाई उत्कृष्ट ढंगले अगाडि बढाउनुभयो । तपाई हरेक ढाँचामा चम्किनुभयो । तपाईलाई टी–२० क्रिकेटमा मिस गरिनेछ । तर म विश्वस्त छु कि तपाईले नयाँ पुस्तालाई प्रेरणा दिनुहुनेछ ।’

कोहलीको करियर अहिलेसम्म उत्कृष्ट रहेको छ । उनले दक्षिण अफ्रिका विरुद्धको टी–२० विश्वकप २०२४ को फाइनलमा भारतका लागि यादगार इनिङ खेलेका थिए । कोहलीले ५९ बलमा ७६ रन बनाए । यस क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे । कोहलीको यो इनिङ्सका कारण भारतले पहिले ब्याटिङ गर्दै १७६ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकी टोलीले १६९ रन मात्रै बनाउन सक्यो ।

कोहलीले टी–२० आईमा १२५ खेलमा ४१८८ रन बनाएका छन् । यस अवधिमा उनले १ शतक र ३८ अर्धशतक बनाएका छन् ।