६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरको होटलमा चिनियाँ नागरिक मृत फेला



अ+ अ-

चितवन । भरतपुरको एक होटलमा चिनियाँ नागरिक मृत अवस्थामा भेटिएका छन् ।

भरतपुरको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

असार १० गतेदेखि उक्त होटलमा बस्दै आएका छाङ्गसिन क्यान्सर पीडित थिए । उनले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

छाङ्गसिन आईतबार बिहान करिब नौ बजेतिर होटलको कोठाभित्र मृत फेला परेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।