२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदाधिकारीमा सय र केन्द्रीय सदस्यमा ८ सयको आकांक्षा !



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर ३४ महिनाअघि गठन भएको नेकपा एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशन आज सुरु हुँदैछ । काठमाडौंको भुकुटीमण्डपमा दिउँसो ११ बजे महाधिवेशनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

एकीकृत समाजवादी पार्टी गठनपछि पहिलो पटक महाधिवेशन गर्न लागेपछि पार्टीले १० औं भनेको छ । २००६ सालमा स्थापना भएको नेकपालाई नै निरन्तरता दिँदै एकीकृत समाजवादीले आफ्नो महाधिवेशनलाई १० औं भनेको हो ।

एमालेबाट विद्रोह गरेर पहिलो पटक महाधिवेशन गर्न लागेकाले सर्वसम्मत नेतृत्व चयन गर्न शीर्ष नेताहरुमाथि चर्को दबाब छ । तर पदाधिकारी र केन्द्रीय समितिमा आकांक्षा राख्नेहरुको लर्को लामै छ । १८ सय प्रतिनिधिमध्ये करिब एक सय जनालाई पदाधिकारीमा आकांक्षा राखेका छन् । त्यस्तै ८ सय जनाले केन्द्रीय सदस्यका आकांक्षा भएकाले व्यवस्थापन गर्न नेतृत्वलाई निकै कठिन हुने देखिएको छ ।

त्यसो त एकीकृत समाजवादीको भावी नेतृत्वमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको दाबी छ । खनालले आफ्नो नाममा सहमति नभएर निर्वाचन भएको खण्डमा महासचिव भुसाललाई सघाउने वचन दिइरहेका छन् । तर, अध्यक्ष नेपालले आफ्नै नेतृत्वलाई निरन्तरता दिएर सर्वसम्मत नेतृत्व चयन गर्नेगरी छलफल गरिरहेका छन् । नेतृत्व सहमतिमै टुंग्याउन पार्टी पंक्तिबाट चर्को दबाब बढिरहेको बेलामा तीन शीर्ष नेताले सर्वसम्मत नेतृत्व चयन गर्ने आश्वासन भने दिएका छन् ।

सहमतिमै नेतृत्व टुंग्याउन पार्टीमा सम्मानित नेता, वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेर पदाधिकारीको संख्या २१ पुर्‍याइएको छ । आवश्यकअनुसार वरिष्ठ नेता पद पनि राख्न सकिने बताइएको छ । केन्द्रीय सदस्यको संख्या पनि १ सय ९९ सयबाट बढाएर २ सय ९९ पुर्‍याइएको छ । त्यति गर्दा पनि नेता व्यवस्थापन गर्न मुस्किल हुन सक्छ ।