३० श्रावण २०८३, शनिबार
,
Latest
साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैनः नेता साउद लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिना खानलाई स्तन क्यान्सर



अ+ अ-

एजेन्सी । चर्चित टिभि अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ । अभिनेत्रीले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै यो जानकारी दिएकी हुन् ।

अभिनेत्रीले लेखेकी छिन्, ‘हालसालै फैलिएको अफवाहबारे म तपाईसँग केही महत्वपूर्ण समाचार सेयर गर्न चाहन्छु । म स्तन क्यान्सरको तेस्रो चरणमा छु ।’

हिनाले थप लेखिन्, ‘म हिनाहोलिक (हिनाका फ्यानहरूको समूह) र मलाई माया गर्ने र हेरचाह गर्ने सबै मानिसहरूसँग केही महत्त्वपूर्ण समाचार सेयर गर्न चाहन्छु । मलाई तेस्रो चरणको स्तन क्यान्सर छ । यति हुँदाहुँदै पनि म ठीक छु भनेर सबैलाई भन्न चाहन्छु । म बलियो र दृढ छु र यस रोगलाई जित्न पूर्ण रूपमा प्रतिबद्ध छु । मेरो उपचार सुरु भएको छ र म यसलाई अझ बलियो बनाउन हर सम्भव प्रयास गर्न तयार छु ।’

हिनाले फ्यानसँग गोपनियताको माग गरेकी छिन् । अभिनेत्रीले लेखेकी छन्, ‘यस समयमा म तपाईबाट केही सम्मान र गोपनीयता चाहन्छु । म तपाईंको माया र प्रार्थनाको कदर गर्छु । म मेरो परिवार र नजिकका मानिसहरूसँग सकारात्मक रहनेछु ।’

यसअघि हिनाले अप्रिलमा पोस्ट सेयर गरेकी थिइन् । अभिनेत्रीले यो पोस्टमा आफू धेरै प्रकारका स्वास्थ्य समस्याबाट ग्रसित रहेको बताएकी थिइन् । त्यतिबेला उनले राम्ररी खाना पनि खान पाएकी थिइनन् ।

उनी टिभी सिरियल ‘येह रिश्ता क्या केहलाता है’, ‘कसौटी जिन्दगी के २’ लगायतबाट चर्चित छिन् । उनी ‘बिग बोस ११’ मा पनि सहभागि भएकी थिइन् ।