६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबज मौकाप्रस्थको माध्यम होइन: अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताउनुभएको छ ।

शुक्रवार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो स्वार्थ पूरा गर्दा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थ पूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको बताउनु भयो ।

उहाँले जनताको बहुदलीय जनवाद ओठेभक्ति नभएको बताउनु भयो । अध्यक्ष ओलीले जबज मौकाप्रस्थको माध्यम नभएको बताउनु भयो । उहाँले जनताको बहुदलीय जनवादले अहिले पनि आफूहरुलाई प्रभावकारी रुपमा अघि बढाइरहेको बताउनु भयो । उहाँले जबज्ले अहिले पनि मार्गदर्शन गरिरहेको बताउनु भयो । उहाँले जबज देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति केन्द्रित रहेर प्रत्युत्पादन भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनताको बहुदलीय जनवादले हामीलाई लगातार अझ बढी प्रभावकारी ढंगले अघि लगेको छ । जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गरिरहेको छ । हामी जनताको बहुदलीय जनवादप्रति ओठेभक्ति होइन । आफ्नो स्वार्थ पूरा गर्नका लागि होइन । मौका मिले जबज कार्यक्रम हो, मौका नमिले होइन । अझ राम्रै मौका मिल्ने भयो भने सिद्धान्त हो, मौका नमिले होइन । अझै राम्रो मौका मिल्ने हो भने मार्गदर्शक सिद्धान्तै हो ल जा । स्वार्थ पूरा नगर्ने भए केही पनि होइन । यस्तो खालको जबजप्रतिको हाम्रो दृष्टिकोण, हाम्रो निष्ठा यस प्रकारको मौकाप्रस्थ होइन । जबज हामीले भनेको मदन भण्डारी हाम्रो अत्यन्त निकट मित्र हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो, साथी हुनुहुन्थ्यो, आफन्त हुनुहुन्थ्यो, चिने जानेको मान्छे हुनुहुन्थ्यो, उहाँको अगुवाईमा भएको हुनाले जबज त कसरी छोड्ने ? भन्नेकुरा होइन । यो देशको अग्रगमनका लागि जननेता मदन भण्डारीले उहाँको अगुवाईमा यसमा धेरै अतिसयुक्ति हुनु हुँदैन । उहाँको अगुवाईमा नेकपा एमालेले जनताको बहुदलीय जनवाद प्रत्युत्पादन गर्‍यो । जबज कुनै ध्यानबाट, तपबाट कुनै आसन, व्यायाम, ध्यान कठोर तपस्या यस्ता कुराबाट होइन । ध्यान देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति हो ।’

फरक प्रसंगमा अध्यक्ष ओलीले २८ प्रतिशत वन क्षेत्रलाई सघन वन क्षेत्रमा नै परिणत गर्नुपर्ने र करिव ४० प्रतिशत सघन वन क्षेत्र बनाउनुपर्ने बताउनु भयो ।