२ असार २०८३, मंगलवार
,
Latest
अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ दुर्गमका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर अमेरिका–इरान समझदारीपछि शान्तिको आशा तर महत्वपूर्ण विषयमा मतभेद कायमै भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर आग्रह परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान बजेटले स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्न मद्दत गर्छ : मन्त्री लिंथेप खेलकुदमन्त्री पोखरेलद्वारा कर्णाली प्रदेश रङ्गशाला निरीक्षण संविधान विपरीत हिँड्ने छुट अर्थमन्त्रीलाई छैन: पूर्वप्रधानन्यायायाधीश कल्याण श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पार्टीका हरेक सदस्य लाभको पदको अपेक्षा नगरी लाग्दा मात्र पार्टीलाई सही गन्तव्यमा पुर्‍याउन सकिन्छ’



अ+ अ-

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीका हरेक सदस्य लाभको पदको अपेक्षा नगरी लाग्दा मात्र पार्टीलाई सही गन्तव्यमा पुर्‍याउन सकिने बताउनुभएको छ ।

मंगलबार नेकपा एमाले रामेछापको खाँडादेवी गाउँपालिका कमिटीको नयाँ निर्वाचित नेतृत्वको शपथग्रहण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ढुङ्गेलले पदले मात्र सम्मान प्राप्त हुन्छ भन्ने कुरा सत्य नभएको बताउनुभयो । ‘पदले मात्र सम्मान पाइने भए पद पाएका धेरै मानिसहरू आज गुमनाम भएका छन्’, ढुङ्गेलले भन्नुभयो ।

ढुङ्गेलले सम्मानको लागि त्याग र समर्पण आवश्यक रहेको बताउनुभयो । त्यो समर्पण भाव नेकपा एमालेका नेता, कार्यकर्तामा रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘नेकपा एमाले विशाल हृदय भएको पार्टी हो, एमाले विवेकले भरिएका कार्यकर्ताको पार्टी हो’, उहाँले भन्नुभयो ।

नेकपा एमालेमा अहिले कुनै गुट नभएको उहाँले बताउनुभयो । एमाले अध्यक्ष केपी ओली योगदानले उचाइमा पुगेको नेता भएकाले उहाँले स्पष्ट पार्नुभयो । त्यसैले एमालेमा कुनै पनि गुट वा उपगुटको गुनजायस नभएको ढुङ्गेलले बताउनुभयो । ‘एमाले एकताबद्ध पार्टी छ भन्ने सन्देश तलसम्म लैजानु पर्छ’, ढुङ्गेलले भन्नुभयो ।

अब नेपालमा एमाले नभएको गाउँ र टोल नभएको उहाँले बताउनुभयो । सीमित नेताहरूले रोपेको कम्युनिष्ट पार्टीको बिउ गाउँ, बस्ती र घर घरमा पुगेको ढुङ्गेलले धारणा राख्नु भयो । सबै क्षेत्रको एमालेलाई ठुलो साथ र सहयोग रहेको उहाँले बताउनुभयो ।