२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ओस्कार अवार्ड जित्ने अभिनय’ गरेका गुलबदिन नइबमाथि प्रतिबन्धको खतरा ?



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को अन्तिम सुपर ८ खेल निकै रोचक रह्यो । यो सुपर ८ को १२ औं खेल थियो । जसमा बंगलादेशले अफगानिस्तानको सामना गरेको थियो ।

यो खेलमा बंगलादेश र अफगानिस्तानबाहेक अष्ट्रेलियाको पनि नजर थियो । तर अफगानिस्तानले यो खेल जितेर इतिहास रच्दै २०२४ को टी–२० विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

जसले धेरै चर्चा बनाएको थियो । यससँगै गुलबदिन नइब पनि निकै चर्चामा थिए । सामाजिक सञ्जालमा धेरै मिम्स बनाइयो र एउटा गतिविधिका कारण उनीमाथि जरिवाना तिर्ने चर्चा चल्यो ।

वर्षाले प्रभावित उक्त खेलमा १२ औं ओभरमा अफगानिस्तानका फिल्डर गुलबदिन नइब स्पिनर नूर अहमदको बलिङका क्रममा अचानक मैदानमा लडेका थिए । उनका सहकर्मी नवीन उल हक र सपोर्ट स्टाफले उनलाई मैदानबाट बाहिर निकाले ।

यस घटनाको केही समयअघि अफगानिस्तानका प्रशिक्षक जोनाथन ट्रोट क्यामेरामा खेलाडीहरूलाई बिस्तारै खेल्न सङ्केत गर्दै थिए । त्यतिबेला बंगलादेश डकवर्थ लुइस नियमअनुसार निर्धारित स्कोरभन्दा पछाडि थियो । बारम्बारको वर्षाको अवरोधका कारण बंगलादेशको स्कोर ७ विकेटमा ८१ रन हुँदा १९ ओभरमा ११४ रनको लक्ष्य समेटिएको थियो ।

त्यतिबेला कमेन्ट्रीका क्रममा सिमोन डलले भने ‘प्रशिक्षकले ढिलो खेल्ने संकेत गरिरहेका छन् र पहिलो स्लिप फिल्डर अनावश्यक रूपमा भुइँमा लडेको छ, यो स्वीकार्य छैन ।’ जिम्बाब्वेका कमेन्टेटर पोमी एमबाङ्वाले ठट्टामा भने, ‘ओस्कार, एमी ।’

आईसीसी आचार संहिता अनुसार, ‘समय बर्बाद’ लाई धारा २.१०.७ अन्तर्गत स्तर १ वा २ अपराध मानिन्छ । लेभल १ को अपराधको लागि अधिकतम सजाय म्याच शुल्कको १०० प्रतिशत र दुई निलम्बनको जरिवाना रहेको छ । यदि कुनै खेलाडीले एक वर्षमा चार निलम्बन अंक प्राप्त गरेमा उसलाई एक टेस्ट खेल वा दुई एकदिवसीय वा टी–२० खेलको प्रतिबन्ध लाग्न सक्छ ।

यसबाहेक, आईसीसीको टी–२० अन्तर्राष्ट्रिय खेलको नियमावलीको धारा ४१.९ अनुसार बलर वा फिल्डरले समय खेर फालेमा पाँच रनको जरिवाना गर्न सकिन्छ । अम्पायरलाई त्यसो गर्ने अधिकार छ, तर अफगानिस्तान र बंगलादेशको टी–२० विश्वकप खेलमा त्यस्तो केही गरिएको छैन ।

आईसीसी प्लेइङ नियम अनुसार, ‘यदि अम्पायरहरूले समय बर्बाद गरेको महसुस गरे वा दोहोर्याइएको हो भने, उनीहरूले आईसीसीको आचार संहिता अन्तर्गत रिपोर्ट पेश गर्न सक्छन् । यस्तो अवस्थामा, कप्तान वा फिल्डिङ टोलीको कुनै सदस्यलाई समय बर्बाद गरेको आरोप लाग्नेछ ।’