२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाको खराब कीर्तिमान भन्छ – अफगानिस्तान फाइनलमा पुग्नेछ



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिका र अफगानिस्तान २०२४ को टी–२० विश्वकपअघि सेमिफाइनलमा भिड्नेछन् । अफ्रिका कुनै पनि खेल नहारी सेमिफाइनलमा प्रवेश गरेको छ ।

अर्कोतर्फ अफगानिस्तान पहिलो पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । पहिलो पटक सेमिफाइनल खेलिरहेको अफगानिस्तानका लागि जित सहज हुनेछैन तर अफ्रिकाको कीर्तिमानले उनीहरुको कठिनाइ घटाएको छ ।

विश्वकपको नकआउटमा दक्षिण अफ्रिकाको कीर्तिमान निकै खराब छ । अफ्रिकाले एकदिवसीय र टी–२० विश्वकपमा अहिलेसम्म १० नकआउट खेल खेलेको छ, जसमा उसले १ खेल मात्र जितेको छ । उसको एक मात्र जित सन् २०१५ को एकदिवसीय विश्वकपमा श्रीलंका विरुद्ध क्वार्टरफाइनल खेल्दा आएको थियो । अफ्रिकाको यो खराब रेकर्ड अफगानिस्तानका लागि राम्रो साबित हुन सक्छ ।

अफ्रिकाले १० मध्ये २ पटक टी–२० विश्वकपको नकआउट खेल खेलेको छ, जसमा दुवै पटक सेमिफाइनलमा पराजित भएको छ । अफ्रिका एकपटक पनि टी–२० विश्वकपको फाइनलमा पुग्न सकेको छैन । नकआउटमा खराब रेकर्ड भएका कारण अफ्रिकालाई ‘चोकर्स’ पनि भनिन्छ ।

विश्वकप नकआउटमा दक्षिण अफ्रिकाको प्रदर्शन (ओडीआई र टी–२० विश्वकप सहित)
१९९२ – सिड्नीमा भएको सेमिफाइनलमा इङ्ल्यान्डसँग पराजित

१९९६ – कराँचीमा क्वार्टर फाइनलमा वेस्ट इन्डिजसँग पराजित

१९९९ – बर्मिङ्घममा अस्ट्रेलिया विरुद्धको सेमिफाइनलमा टाई भयो र बाहिरियो

२००७ – सेन्ट लुसियामा सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित

२०११ – मिरपुरमा क्वार्टर फाइनलमा न्यूजील्याण्डसँग पराजित

२०१५ – सिड्नीमा क्वार्टर फाइनलमा श्रीलंका विरुद्ध जित

२०१५ – अकल्याण्डमा सेमिफाइनलमा न्यूजील्याण्डसँग पराजित

२०२३ – कोलकातामा सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित

२००९ – नटिङ्घम (टी–२० विश्वकप) मा पाकिस्तान सेमिफाइनलमा पराजित

२०१४ मिरपुर (टी–२० विश्वकप) मा भएको सेमिफाइनलमा भारतसँग पराजित

यो विश्वकपमा अहिलेसम्म दुवै टोलीको प्रदर्शन कस्तो रह्यो ?
अफगानिस्तानः अफगानिस्तानले समूह चरणमा ४ मध्ये ३ खेल जितेको छ । राशिद खानको कप्तानीमा रहेको अफगानिस्तानले समूह चरणका तीन खेल युगान्डा, न्युजिल्यान्ड र पपुवा न्युगिनीविरुद्ध जितेको थियो । समूह चरणमा वेस्ट इन्डिजसँग मात्रै हार बेहोरेको थियो ।

त्यसपछि भारतसँगको खेल हारेर टोलीले सुपर–८ सुरु गरेको थियो । तर यसपछि उसले अष्ट्रेलिया र बंगलादेशविरुद्धको अर्को दुई खेल जित्न सफल भयो ।

दक्षिण अफ्रिकाः दक्षिण अफ्रिका कुनै पनि खेल नहारी सेमिफाइनलमा प्रवेश गरेको छ । टोलीले श्रीलंका, नेदरल्यान्ड्स, बंगलादेश र नेपालविरुद्ध समूह चरणका चारवटै खेल जितेको थियो । यसपछि सुपर–८ मा अफ्रिकी टोलीले अमेरिका, इङ्ल्यान्ड र वेस्ट इन्डिजविरुद्ध तीनवटै खेल जितेको थियो ।




भर्खरै