६ श्रावण २०८३, बुधबार
,
Latest
प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज समूह ‘ई’ का खेलहरु नकआउट जस्तै, चारवटै टिमको ३ अंक



अ+ अ-

काठमाडौँ । युरो कप २०२४ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् । आज समूह ‘ई’ र ‘एफ’ का खेलहरु हुने भएका हुन् ।

दुबै समूहका आठ टोलीले आज समूह चरणको अन्तिम खेल खेल्दैछन् । रोचक कुरा के रहेको छ भने समूह ई का खेलहरु नकआउट जस्तै हुनेछन् । किनभने यस समूहका चारै टोलीको ३–३ अंक छ ।

नेपाली समयानुसार एकै समयमा ९ः४५ बजे युक्रेन र बेल्जियम तथा रोमानिया र स्लोभाकिया भिड्दैछन् । यो दुबै खेलका विजेता अन्तिम १६ मा प्रवेश गर्नेछ ।

यस्तै, आज मध्यरातमा १२ः४५ बजे जर्जिया र पोर्चुगल तथा टर्की र चेक रिपब्लिक भिड्दैछन् । पोर्चुगल नकआउट चरणमा प्रवेश गरिसकेको छ भने अर्को नकआउट चरणमा प्रवेश गर्ने एक टोलीका लागि तीनै टिम प्रतिस्पर्धामा छन् ।

पोर्चुगलको २ खेलमा २ जितसहित ६ अंक छ । टर्की ३ अंकका साथ दोस्रो स्थानमा छ भने चेक रिपब्लिक १ अंकसहित तेस्रो र समान अंक रहेको जर्जिया पुछारमा छ ।