१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिभिजन शोमा गरेको टिप्पणीलाई लिएर स्वस्तिमा र साम्राज्ञीले मागे जसितासँग माफी



अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जालमा अहिले चर्चा कमाइरहेको विषय छ अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले एक टेलिभिजन शोमा गरेको टिप्पणी ।

कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’मा स्वस्तिमा र साम्राज्ञीले अर्की अभिनेत्री जसिता गुरुङको व्यक्तिगत जीवनका बारेमा धारणा राखेका थिए ।

उक्त धारणालाई लिएर जसिताले इन्स्टाग्राममा एक पोस्ट गर्दै आपत्ति जनाएकी छन् । उक्त पोस्टको कमेन्टमा गएर स्वस्तिमा र साम्राज्ञीले माफी मागेका हुन् ।

अभिनेत्री स्वस्तिमाले लेखेकी छिन्, ‘तिम्रो भावनामा चोट पुर्‍याएकोमा म साँच्चै माफी चाहन्छु । यो एक रमाइलो कार्यक्रम थियो र उत्साहजनक तरिकामा प्रकट भयो । तिमी सधैँ मेरो लागि राम्रो साथी छौँ र एक पटक फेरि म तिमीसँग माफी चाहन्छु ।’

त्यस्तै, अभिनेत्री साम्राज्ञीले लेखेकी छन् ‘हामीलाई प्रश्नहरूको यो र्‍यापिड फायर राउन्डमा एक स्थितिमा राखिएको थियो तर हामीले नतिजाको बारेमा सोचेका थिएनौँ । तर, कुनै पनि तरिकाले तपाईंलाई होच्याउने प्रयास गरेका थिएनौँ । तपाईंको भावनामा चोट पुर्‍याएकोमा माफी माग्न चाहन्छु ।’

यस विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । धेरैले जसिताको पक्षमा उभिएर प्रतिक्रिया दिइरहेका छन् ।