६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपालाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता छ: महामन्त्री शर्मा



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट कसरी जोगाउन सकिन्छ ? भन्ने चिन्ता रहेको पार्टीले देश बनाउन नसक्ने बताउनु भयो । उहाँले नेकपा एमालेप्रति लक्षित गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टिस्टेट प्रकरणबाट जोगाउन लागिपरेको बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदलाई दमदार बनाउनुपर्छ भन्नेगरी काम गर्न नसकेको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालाई गणित मिलाएर सरकारमा रही रहने कुरामा मात्रै ध्यान रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देश कहीँ न कहीँ आशाको सम्भावनाको मोडमा छ । हामी सरकारमा छैनौँ, त्यसकारण सबै देश गलत बाटोमा गइरहेको छ भन्ने होइन । देशले आर्थिक रुपान्तरणको एउटा गति लिने सम्भावनाको मोडमा रहेको छ । इतिहासको सबैभन्दा सुन्दर घडीमा छ नेपाल भन्न सकिन्छ । किनभने काँग्रेसले हो, हिंसाबाट शान्तिमा ल्याएको । काँग्रेस हो, जसले समानुपातिक, सहभागिता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गरेको । आशावादी भएर हेर्नसक्ने सम्भावनाहरु छन् । नागरिकको निराशालाई चिरिराखेर आशा र भरोसा दिलाउन सक्नुपर्छ ।

तर संगैको सरकारको गतिविधि त्यो प्रकृतिको देखिँदैन । त्यसमा हामीले दबाब दिनुपर्छ । सरकार सिंगो अस्तित्व हो तर आज सिंगो अस्तित्व नदेखिएर टुक्रा टुक्रा देखिएको छ । एउटा दललाई कसरी हुन्छ आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट जोगाउन सकियोस् । कारबाहीको प्रक्रियाबाट जोगाउन सकियोस् । एउटा दलको चिन्ता जम्मा त्यति मात्रै छ । अर्को दलको चिन्ता कसरी हुन्छ आफ्नो अध्यक्ष गाँसिएको गिरिबन्धुको ठगीबाट अध्यक्षज्युलाई जोगाउन सकियोस् भन्ने छ । प्रधानमन्त्रीजीलाई चिन्ता गणितलाई कसरी रक्षा गर्ने भन्ने मात्रै छ । प्रधानमन्त्रीको पद शानदार हो, शानदार मात्रै होइन, दमदार पनि हो भन्नेकुरा बिर्सिनुभएको छ । प्रधानमन्त्रीजी उपप्रधानमन्त्रीले बोलेको कुराको जवाफ दिएर बस्नुपरेको छ ।’

महामन्त्री शर्माले नेपालमा आशावादी सम्भावनाहरु रहेको भएपनि त्यसलाई सही सदुपयोग गर्न नसकेको बताउनु भयो ।