९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाली विकास बैंकले १ सय ५६ मिलियन डलर ऋण सहायता उपलब्ध गराउने



अ+ अ-

काठमाडौं । एसियाली विकास बैंक र अर्थ मन्त्रालयबीच विद्युत ग्रीड आधुनिकिकरण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहायता परिचानल गर्ने सम्बन्धी सम्झौता भएको छ  । 

बुधबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंक नेपालका कार्यालय प्रतिनिधि रुदी लुइस हेन्ड्रिकस भान्देलले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार एसियाली विकास बैंकले १ सय ५६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने छ । 

अर्थ मन्त्रालयका सहसचिव नेपालले एडिबीबाट प्राप्त ऋण सहायतामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले थप लगानी गरी १ सय ९५ मिलियन अमेरिकी डलरको परियोजना कार्यान्वयनमा ल्याइने बताउनुभयो । यो आयोजनाले विद्युत वितरण सम्बन्धी तीन वटा मुख्य कृयाकलापलाई जोड दिएको छ । विद्युत सबस्टेसनलाई स्वचालित बनाउने, विद्युत वितरणलाई विश्वसनिय र गुणस्तरीय बनाउने काम आयोजनाले गर्ने सहसचिव नेपालले बताउनुभयो ।

आयोजनाले नेपाल विद्युत प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धि गर्नलाई सहयोग गर्ने विश्वास गरिएको छ । आयोजना ५ वर्षमा सम्पन्न हुनेछ ।