२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पोखरा,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पताल सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ ।

सोमबार आयोजित १५ औँ नगरसभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट पेश गरेकी हुन् ।

चालु आर्थिक वर्ष २०८०र०८१ का लागि महानगरले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

आगामी आर्थिक वर्षका लागि ११ वटा महानगर गौरवको आयोजनालाई ३ अर्ब ८० करोडको बजेट छुट्याइएको उपप्रमुख डंगोलले बताईन् । यस्तै, ३० वटा स्वर्णिम योजनाका लागि २ अर्ब बजेट विनियोजन गरिएको छ ।

पूर्वाधार विकासमा लागि १४ अर्बभन्दा बढी रकम छुट्याइएको छ भने सामाजिक विकासका लागि ३ अर्बभन्दा बढी छुट्याइएको छ । महानगरले सुशासनका लागि १ अर्ब ८९ करोड भन्दा बढी विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको सञ्चितकोषमा २४ अर्ब २० करोड आम्दानी हुने प्रक्षेपण गरिएको छ ।