२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा



अ+ अ-

एजेन्सी । टी–२० विश्वकपमा आज भारत र अष्ट्रेलिया भिड्दैछन् । अस्ट्रेलियाका लागि यो खेल गर या मर भन्दा कम छैन । तर, यसअघि अष्ट्रेलियाका फ्यानका लागि एउटा नराम्रो खबर आएको छ ।

वास्तवमा भारत र अष्ट्रेलियाबीचको खेल सेन्ट लुसियामा हुन लागेको र यहाँ हिजो (आइतबार) देखि पानी परिरहेको छ । खेल सुरु हुनुभन्दा ५ घण्टा अगाडि भारी वर्षाको भिडियो आएको छ ।

सेन्ट लुसियाबाट आइतवारदेखि नै वर्षाको भिडियो बाहिर आइरहेको छ र अहिले खेल सुरु हुनुभन्दा पाँच घण्टा अगाडि नै त्यहाँ भारी वर्षा भइरहेको छ, त्यसलाई हेर्दा भारत र अष्ट्रेलियाबीचको खेल टस बिना नै रद्द हुन सक्ने देखिन्छ । यो खेल रद्द भएमा अष्ट्रेलियाको सेमिफाइनलको आशालाई ठूलो धक्का लाग्नेछ ।

भारत र अस्ट्रेलियाबीचको खेल वर्षाका कारण रद्द भएमा भारत सेमिफाइनलमा पुग्नेछ । कङ्गारु टोलीले अफगानिस्तानविरुद्ध बंगलादेशको जितको लागि प्रार्थना गर्नुपर्नेछ । अफगानिस्तानले बंगलादेशलाई हराएमा अफगानिस्तान सेमिफाइनल पुग्ने छ ।

भारतले सुपर–८ मा आफ्नो सुरुवाती दुवै खेल जितेको छ । भारतले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा बंगलादेशलाई हराएपछि सेमिफाइनल पुग्ने लगभग पक्का भएको छ । अब अस्ट्रेलियाविरुद्धको खेल रद्द भएमा दुवै टोलीले एक–एक अंक पाउनेछन् । यस्तो अवस्थामा भारतीय टोली पाँच अंकसहित सेमिफाइनलमा प्रवेश गर्नेछ ।