• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   सिधाकुराको ‘फेक अडिओ’ प्रकरणमा प्रकाशक र सम्पादकसहित ३ जनाविरुद्ध थप २ कसुरमा मुद्दा दर्ता ★   स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल ★   सुनचाँदीको पर्याप्त आपूर्ति गर्न दिन व्यवसायीहरुको माग ★   मुलुक जोगाउने हो भने देशलाई अहिले हिडाईएको मार्गचित्र परिबर्तन जरुरी: कमल थापा ★   ‘एक युवा पाँच बिरुवा’ अभियानको शुभारम्भ ★   प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटमः बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण भदौभित्रै गठन गरियोस् ★   द्रविडले कोहलीलाई साथ दिँदै भने – उनको ब्याटबाट ठूलो इनिङ्स आउन बाँकी छ ★   विश्वकप फाइनलमा भारतको जितको कामना गर्दै गंगा आरति ★   ‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’ ★   मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन

रञ्जितासँग रेशमका गुनासै गुनासा, भन्छन्– नाउपाको जात, लिंग र वर्ण नै रञ्जितालाई थाहा छैन



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठप्रति गुनासै गुनासा गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजिनको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रेशमले रञ्जिताको पार्टी सञ्चालन विधिप्रति असन्तुष्टि जनाएका हुन् । उनले भनेका छन्– ‘मैले नै राजनीतिमा डोहोर्‍याएर ल्याएको मान्छेले अहिले मलाई नै अप्ठ्रायो पार्ने काम भयो’, उनले अगाडि भनेका छन्– ‘रञ्जिताले पार्टी सञ्चालन गर्न जानिनन् ।’

नागरिक उन्मुक्ति पार्टीको जात, लिंग र वर्ण रञ्जितालाई थाहै नभएको दाबी उनले गरेका छन् । उनले सत्ता लिप्साको दलदलले रञ्जितालाई डुवाउन सक्ने भविष्यवाणिसमेत गरेका छन् ।

रेशमले आफ्नो अन्तरवार्तामा नयाँ राजनीतिक दल गठनको समेत संकेत गरेका छन् । निर्वाचन आयोगप्रति गुनासै गुसाना गरेका उनले एउटा बच्चा जन्माउने आमाले अर्को बच्चा जन्माउन सक्छ भन्दै उनले नयाँ राजनीतिक दलसमेत गठन गर्न सक्ने संकेत गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकार संविधान विपरितको रहेको तर्क उनको छ । उनले ३० जनाको विश्वासको मत लिएर प्रदेश प्रमुखसमक्ष पुगेका लक्ष्मण चौधरीलाई सत्ता बाहिर राखेर २४ जनाको समर्थन लिएर गएका दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाइएको आपत्ति जनाएका हुन् ।