![](https://newspolar.com/wp-content/uploads/2024/06/us-3-e1719191524557.jpg)
काठमाडौँ । आयोजक अमेरिकाले कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ ।
केही समय अघि सम्पन्न खेलमा अमेरिकाले बोलिभियालाई २–० गोलले पराजित गरेको हो ।
अमेरिकाको जितमा खेलको तेस्रो मिनेटमा क्रिस्टियन पुलिसिचले तथा ४४ औं मिनेटमा फ्लोरियन बालोगुनले गोल गरे । जितसँगै अमेरिकाले समूह सी मा ३ अंक जोडेको छ ।