• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अमेरिकामाथि एकतर्फी जित निकाल्दै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा



काठमाडौँ । साविक विजेता इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस टोली एकतर्फी खेलमा अमेरिकालाई १० विकेटले पराजित गर्दै शीर्ष ४ मा पुगेको हो ।

सेमिफाइनलमा स्थान बनाउने इंग्ल्यान्ड पहिलो टोली बनेको छ । ब्रिजटाउनमा इंग्ल्यान्डले सेमिफाइनलमा पुग्न १८.४ ओभरमा ११६ रनको लक्ष्य पछ्याउनुपर्ने भएपनि डिफेन्डिङ च्याम्पियनले कुनै विकेट नगुमाई ९.४ ओभरमा नै जित हात पारेको थियो ।

इंग्ल्यान्डका फास्ट बलर क्रिस जोर्डनले तीन बलमा तीन विकेट लिएर ह्याट्रिक पूरा गरे । जोर्डन टी–२० ढाँचामा ह्याट्रिक पूरा गर्ने पहिलो इङ्ल्यान्ड बलर बनेका छन् । उनीअघि इङ्ल्यान्डका कुनै पनि खेलाडीले यो उपलब्धि हासिल गर्न सकेका थिएनन् ।

अमेरिकाका लागि नितिष कुमारले ३०, कोरी एन्डरसनले २९, हरमित सिंहले २१, स्टीभन टेलरले १२ रन जोडे । अमेरिकालाई सस्तैमा सिमित गराउन इंग्ल्यान्डका क्रिस जोर्डनले ह्याट्रिकसहित ४, साम करन र आदिल रासिदले २–२ तथा रिस टोपेल र लियाम लेभिङस्टनले १–१ विकेट लिए ।

अमेरिकाले आफ्नो छैटौं विकेट ११५ रनमा गुमायो, तर त्यसपछि टोलीले एक रन जोड्न सकेन र अर्को पाँच विकेट बिना कुनै रन गुमायो । टी–२० मा कुनै टोलीले एउटै स्कोरमा पाँच विकेट गुमाएको यो तेस्रो पटक हो । यसअघि पाकिस्तानले सन् २०१० मा अष्ट्रेलिया र केन्याले २०२२ मा मालीविरुद्ध गरेको थियो ।

इंग्ल्यान्डलाई सहज जित दिलाउन कप्तान जोस बटलरले ३८ बलमा ८३ रनसहित अविजित रहे । उनले ६ चौका र ७ छक्का प्रहार गरे । यस्तै, फिल साल्ट २१ बलमा २५ रनमा अविजित रहे ।