• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस , भित्ता भित्तामा तिम्रो नाम होस ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई

वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नागरिक ठगिएका छन्, टुलुटुलु हेरेर बस्न सक्दिनँः मन्त्री अर्याल



काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा ठगिएका नागरिकहरुलाई टुलुटुल हेरेर नबस्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने नागरिकहरु ठगिएका भन्दै आफू टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ । उहाँले ठगिएका नागरिकहरुको सम्बन्धमा आफूले काम गरिरहेको बताउनु भयो । उहाले फ्रि भिसा फ्रि टिकटले विकराल अवस्था सिर्जना गरेको बताउनु भयो । उहाँले फ्रि भिसा फ्रि टिकट जम्मा ४ प्रतिशत मात्रै कार्यान्वयन भएको भन्दै बाँकी ९६ प्रतिशत नागरिक विदेशिक रोजगारीमा जाँदा ठगिएका बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘फ्रि भिसा फ्रि टिकट सम्बन्धीको जुन विषयवस्तु छ, यसले एउटा विकराल अवस्था सिर्जना गरेको छ । करिब १ खर्ब ३ अर्ब रुपैयाँ हरेक वर्ष बैंकिङ च्यानलमा नआइकन बजारमा चलेको हुन्छ । जुन त्यही नागरिकबाट ठगिएको देखिएको छ । त्यसकारणले यसको अन्त्य त गर्नु नै पर्छ । गर्नु नै छ । त्यसकारले अहिले पनि फ्रि टिकट फ्रि भिसा जम्मा ४ प्रतिशत मात्र कार्यान्वयनमा आएको भनेर हामीले डाटा प्राप्त गरेका छौँ ।

त्यसकारणले यसलाई मैले संवेदनशील रुपमा हेरेको छु । ९६ प्रतिशत नागरिकहरु जो विदेश जानुभएको छ, उहाँहरुमाथि ठगिएको विषयलाई मैले टुलुटुलु हेरेर बस्न सक्दिनँ । त्यसको विषयमा काम गरिररहेको म जानकारी गराउन चाहान्छु । हामीले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि त्यसमा उच्चतम प्रयास गरिरहेका छौँ । त्यो भइसके पछाडी नागरिकहरु ठगिनबाट अझ बच्नुहुन्छ भन्ने मेरो बुझाइ छ ।’

उहाँले हरेक वर्ष करिव १ खर्ब ३ अर्ब रुपैयाँ बैंकिङ च्यानल बाहिर रहेर कारोबार भइरहेको भन्दै त्यसैबाट नेपाली नागरिकहरु ठगिइरहेका बताउनु भयो । उहाँले सरकारले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि उच्चतम प्रयास गरिरहेको बताउनु भयो ।