२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान

पार्टी विभाजनको जिम्मा लिन दुवै पक्ष अनिच्छुक

पार्टी विभाजनको जिम्मा लिन दुवै पक्ष अनिच्छुक
अ अ+ अ-

काठमाडौँ । नेकपा फुटको विवाद बाहिर उत्कर्षमा पुगे पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले दल विभाजनका लागि औपचारिक प्रक्रिया थालेका छैनन् । दुवै पक्षले आआफूलाई पार्टीको संस्थापन पक्ष दाबी गरेका छन्, तर कसैले पनि विभाजनको भारी बोक्न चाहेका छैनन् । दलसम्बन्धी ऐन २०७३ ले तोकेको दल विभाजन वा दलको मान्यतासम्बन्धी कानुनी प्रक्रियामा कुनै पक्षले पनि प्रवेश नगर्दा निर्वाचन आयोगलाई समेत नेकपा विवादमा हात हाल्न समस्या भएको छ । ऐनको दफा ३३ ९२० अनुसार दल विभाजनका लागि केन्द्रीय समिति र संघीय संसद्का संसदीय दलसहित दुवैमा कम्तीमा ४० प्रतिशत सदस्यको साथ चाहिन्छ ।

यतिबेला प्रतिनिधिसभा विघटित रहेकाले ऐनको उक्त दफाअनुसार पार्टी विभाजन गर्न समस्या छ । ऐनले दफा ४३ देखि ४६ मा दलको मान्यतासम्बन्धी विवाद निरूपणको व्यवस्था गरेको छ । दुई वा दुईभन्दा बढी दलबीच वा एउटै दलका दुई वा दुईभन्दा बढी पक्षबीच नाम, छाप, विधान, झन्डा, चिह्न, पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतामा विवाद उत्पन्न भए त्यसमाथि आयोगले निर्णय लिन सक्छ । नेकपामा यतिबेला नाम, छाप, झन्डा र चिह्नजस्ता विषयकै विवाद छ । दुई पक्षले अलग–अलग ढंगले सार्वजनिक रूपमै त्यसमाथि दाबी गरिरहेका छन् । तर आयोगमा ऐनको प्रक्रिया पुर्‍याएर कुनै पनि पक्षले दलको नाम, झन्डा, चिह्नलगायतका विषयलाई आधिकारिकता दाबी गरिसकेका छैनन् ।

आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख लक्ष्मीप्रसाद गौतमले ऐनको दफा ४३ र ४४ अनुसार नेकपाको कुनै पनि पक्षबाट प्रक्रिया पूरा गरेर आधिकारिकताको दाबी नआएको बताए । ‘कुनै पनि पक्षबाट दाबी नआएकाले आयोगलाई विवाद निरूपणमा अगाडि बढ्नै समस्या भयो,’ उनले भने, ‘दुवै पक्षबाट भएका निर्णयहरू आयोगको जानकारीमा आएका छन् तर दलको मान्यतासम्बन्धी विवादकै रूपमा कागजात आएनन् ।’ ऐनको दफा ४४ अनुसार दलको नाम, छाप, झन्डा वा चिह्नसम्बन्धी विवाद भए त्यसमाथि आधिकारिकता माग गर्ने पक्षले केन्द्रीय समितिका ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्छ ।

आयोगका अनुसार कानुनी रूपमा फिरादपत्र जस्तै दाबी पेस गरिनुपर्छ । ओली र दाहाल–नेपाल पक्ष दुवैले एकअर्कालाई कारबाही गरेको, केन्द्रीय समिति थपघट गरेको, विधान संशोधन गरेको जस्ता जानकारी आयोगलाई दिएका छन् । पुस १० मा पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका नेताहरूले आयोगमा पुगेर आफूहरू आधिकारिक रहेको दाबी गरेका थिए । ‘भाषणमा उहाँहरूले पार्टीको आधिकारिकतामाथि दाबीकै कुरा गर्नुभयो, उहाँहरूले केही कागजात पनि बुझाउनुभयो, त्यो दलमाथिको दाबीसम्बन्धी नै होला भन्ने बुझियो,’ आयोगका एक पदाधिकारीले भने, ‘तर, पछि अध्ययन गर्दा पार्टी अध्यक्षबाट ओलीलाई हटाएको, माधव नेपाललाई अध्यक्ष बनाएको जस्ता जानकारी मात्रै थियो । ऐनको दफा ४३ र ४४ अनुसारको माग दाबी थिएन । त्यसैले ठ्याक्कै विवाद निरूपण गर्ने ढंगले पस्नलाई समस्या भएको छ ।’

दाहाल–नेपाल पक्षले २ सय ८७ जना केन्द्रीय समितिको हस्ताक्षर पनि आयोगलाई बुझाएका छन् । तर त्यसमा आधिकारिकताको मागदाबी छैन । ‘दुवै पक्षका निर्णयहरूको जानकारी र नेताको भाषणलाई आधार बनाएर मात्रै दलको मान्यतासम्बन्धी विवादमा पस्न सकिँदैन,’ ती पदाधिकारीले भने, ‘माग दाबी नआएसम्म नेकपाको आधिकारिकतासम्बन्धी विवादले औपचारिक रूप लिँदैन ।’ आयोग १/२ दिनभित्रै दुवै पक्षलाई कुनै न कुनै ढंगले पत्राचार गरेर दलको आधिकारिकतासम्बन्धी विषयको कानुनी पाटोबारे ध्यानाकर्षण गराउने छलफलमा छ । दाहाल–नेपाल पक्षका कानुन व्यवसायी पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले आफूहरू पार्टीको संस्थापन पक्ष रहेको तथा केन्द्रीय कमिटीको बहुमत पक्षको साथ रहेकाले स्वतः दलको आधिकारिकता आफूहरूसँग रहेको बताए ।

‘जसलाई समस्या छ, उहाँहरूले दाबी गर्ने हो, आयोगबाट पत्राचार भए हामीले जवाफ दिने हो,’ उनले भने, ‘संस्थापन र बहुमत पक्षले होइन, अल्पमत महसुस गर्ने पक्ष आयोगमा दाबी गर्न पुग्ने हो ।’ ओली पक्षको भनाइ पनि त्यस्तै छ । प्रधानमन्त्रीका कानुन विज्ञ सल्लाहकार बाबुराम दाहालले पार्टी फुटिनसकेको र एउटै रहेको दाबी गरे । ‘आयोगमा पुगेर दलको आधिकारिकतामाथिको दाबी गरिहाल्नुपर्छ जस्तो लाग्दैन, अरू कसैले दाबी गर्‍यो भने आयोगले प्रतिवादको मौका देला,’ उनले भने, ‘त्यस्तो अवस्थामा आयोगलाई जवाफ दिनेछौं । आयोगबाट कुनै प्रकारको पत्र आएको छैन । हामीलाई पार्टी फुटाउनु छैन, फुटेको पनि छैन ।’ कान्तिपुर दैनिक