२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान

खोप ल्याउन निजी क्षेत्रको पहल

खोप ल्याउन निजी क्षेत्रको पहल
अ अ+ अ-

काठमाडौँ । सरकारले कोभाक्स सुविधासँगै अन्य माध्यमबाट कोभिड–१९ विरुद्धको खोप ल्याउन गृहकार्य थालेको छ । कोभाक्समा मात्र निर्भर नरही सुरक्षित र प्रभावकारी खोप उपलब्ध हुनासाथ ल्याउन छलफल सुरु भएको हो । यसका लागि सरकारले २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने खोपलाई प्राथमिकतामा राखेको छ । ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) को व्यवस्थापनमा कोभाक्स सुविधाबाट सहुलित दरमा आउने भनिएको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोपको पहिलो लट सन् २०२१ को मार्चसम्ममा आउन सक्ने अनुमान छ ।

यो वर्षको डिसेम्बरदेखि नै विश्वका धेरै ठाउँमा कोभिडविरुद्घको खोप दिन सुरु भएको छ । ‘सरकारले कोभाक्सबाहेक अन्य तरिका अपनाएर सुरक्षित र प्रभावकारी खोप छिटो ल्याउन तयारी गरिरहेको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने । कोभाक्स सुविधाभन्दा पहिले नै बजारमा खोप उपलब्ध भएमा अन्य तरिका (खरिद गरेर) बाट ल्याउनेबारे छलफल भइरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘कोभाक्सबाट खोप आउन ढिलो भयो भने अन्य माध्यमबाट समेत ल्याउनुपर्ने निर्देशन छ । कोभाक्सलाई मात्र कुर्ने पक्षमा सरकार छैन ।’

नेपाल सरकार र खोप उत्पादन गर्ने मुलुकको सरकार (जी टु जी), नेपाल सरकार र खोप उत्पादन गर्ने कम्पनी र निजी क्षेत्रको माध्यमबाट खोप ल्याउन तयारी भइरहेको डा. अधिकारीले बताए । ‘जी टु जी र जी टु के (कम्पनी) बाहेक निजी संस्थाले पनि आफू आधिकारिक विक्रेता रहेको भन्दै सरकारले तोकेको प्रक्रियाभित्र खोप ल्याउने प्रतिबद्घता व्यक्त गरे उनीहरूलाई पनि खोप ल्याउन दिनेबारे छलफल भइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका अर्का अधिकारीले भने, ‘अर्थ मन्त्रालयले खोप ल्याउनका लागि रकम सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयसँगै छलफल गरिरहेको छ ।’

सरकारले खोप द्रुत कार्य योजनाअन्तर्गत ८ वटा कार्यक्षेत्र विभाजन गरेर दिइएको काम गर्ने जिम्मेवारी कार्यदलका सदस्यहरूले पूरा गरिसकेका छन् । ‘८ वटा कार्यदलले आफूलाई जिम्मेवारी तोकिएअनुसारको काम सकेर स्वास्थ्य मन्त्रालयमा पेस गरेका छन्,’ डा. अधिकारीले भने, ‘खोपसँग सम्बन्धित प्राविधिक पक्षको काम सकिएको छ ।’ निजी क्षेत्रले समेत मुलुकमा खोप ल्याउन प्रयास सुरु गरेका छन् । ‘निजी क्षेत्रले खोप ल्याउनका लागि सरकारको उच्च तहमा भेटवार्ता पहल गरिरहेका छन्,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। अधिकारीले भने, ‘तर स्वास्थ्य मन्त्रालय र सरकारले निजी क्षेत्रलाई खोप ल्याउन दिने वा नदिनेबारे निर्णय गरेको छैन । हालसम्म मुलुकमा सञ्चालन भएका खोप अभियान सरकारले आफैं गरेको हो ।’

उनका अनुसार भविष्यमा निजी क्षेत्रबाट समेत खोप ल्याउने प्रावधान भएमा सरकारले तय गरेको नीति नियम, गाइडलाइनअन्तर्गत रहेर खोप आयात गर्नुपर्नेछ । स्वास्थ्य मन्त्रालयका अनुसार निजी क्षेत्रबाट दर्जनौं कम्पनीले खोप ल्याउन चासो देखाएका छन् । निजी क्षेत्रलाई खोप ल्याउन दिनका लागि सरकारले कानुनी रूपमा सहजीकरण गर्नुपर्नेछ । गाभीका अनुसार हाल विश्वमा कोभिडविरुद्घ १५४ भन्दा बढी खोप प्रि–क्लिनिकल अर्थात् जनावर र प्रयोगशालासम्बन्धी प्रयोगको चरणमा छन् । यस्तै २० वटा खोप पहिलो चरणको ट्रायल (परीक्षण) अन्तर्गत स्वस्थ युवा व्यक्तिमा सुरक्षा परीक्षण भइरहेको छ । यसअन्तर्गत ७ वटा प्रोटिन आधारित, ८ वटा भाइरल भेक्टर, ४ वटा न्युक्लिक एसिड र एउटा भाइरस आधारित खोप छन् । कान्तिपुर दैनिक