लन्डन । प्रभावशाली हुन नसकेको लिभरपुल इंग्लिस प्रिमियर लिगमा बुधबार फेरि बराबरीमा रोकिएको छ । उसले न्युकासल युनाइटेडसँग गोलरहित बराबरी खेलेको हो । यो खेल जितेको भए लिभरपुलले लिग तालिकाको शीर्ष स्थानमा चार अंकको अग्रता लिन सक्ने थियो, तर न्युकासलले त्यो स्थिति तयार हुन दिएन ।
यसअघि लिभरपुलले वेस्ट ब्रुमविरुद्धको खेलमा पनि बराबरीमै चित्त बुझाएको थियो । योर्गन क्लोपको लिभरपुलको १६ खेलबाट ३३ अंक भएको छ र शीर्ष स्थानमा उसलाई तीन अंकको अग्रता प्राप्त छ । तर दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले उसको तुलनामा एक खेल कम खेलेका छ ।
बुधबार नै टोटनहम र फुलहमबीच हुनु पर्ने खेल भने रद्द गरिएको छ । लन्डनमा कोभिड(१९ को नयाँ संक्रमण देखिएपछि फुलहमले खेल रद्द गर्न अनुरोध गरेको थियो ।










