२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३७ अङ्कले घटेर दुई हजार ६२ दशमलव ९४ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १७ कम्पनीको ९५ लाख ६१ हजार सात सय २७ कित्ता शेयर ६१ हजार पाँच सय १३ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार चार सय ५८ बराबरको कारोबार भएको छ । आज वित्त समूह पाँच दशमलव ४९ र अन्य समूह शून्य दशमलव २५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूह एक दशमलव २३ र होटल तथा पर्यटन समूह एक दशमलव १० प्रतिशतले घटेको छ ।

रिलायन्स फाइनान्स लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६ दशमलव ५८ र सनराईज ब्लुचिप फन्डको शेयर मूल्य पाँच दशमलव २४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेडको रु १७ करोड १३ लाख ५२ हजार तीन सय ९१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिलायन्स फाइनान्स लिमिटेडको तीन लाख नौ हजार चार सय ४३ कित्ता शेयर किनबेच भएको छ ।