२ पुष २०८२, बुधबार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनी ला लिगा: गेटाफेमाथी एटलेटिको म्याड्रिडको संघर्षपुर्ण जित



अ+ अ-

म्याड्रिड । एटलेटिको म्याड्रिडले बुधबार गेटाफेलाई १-० ले हरायो र स्पेनी ला लिगाको शीर्ष स्थानमा कायम रह्यो । लुइस स्वारेजले हेडबाट गरेको एक मात्र गोलमा एट्लेटिकोले दुई खेल कम खेलेर पनि शीर्ष स्थानमा दुई अंकको अग्रता कायम राखेको हो । यो प्रशिक्षक डिएगो सिमोनीका लागि क्बलको पाँच सयौं खेल पनि रह्यो ।

लिगमा लगातार तेस्रो जितपछि एथलेटिकोको १४ खेलबाट २५ अंक भएको छ । छिमेकी रियल म्याड्र्रिड दुई अंकको दूरीमा दोस्रो स्थानमा छ । बुधबारको अर्को खेलमा रियलले एल्चेसँग १–१ को बराबरीमा रोकियो । रियलले लुका मोडरिचको गोलले २० औं मिनेटमा अग्रता लिन सफल भएको थियो ।

तर फिडेल चाभेसले पेनाल्टीबाट दोस्रो हाफमा बराबरी गोल फर्काए । पछिल्ला दुई सिजन शीर्ष चारमा स्थान बनाएको गेटाफेले पनि यसपल्ट यस्तै प्रदर्शन दोहराउन सकेको छैन । गेटाफे १७ अंकसहित १४ औं स्थानमा रहेको छ । यो रेलिगेसन क्षेत्रबाट दुई अंक अगाडि मात्र हो ।