२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनी ला लिगा: गेटाफेमाथी एटलेटिको म्याड्रिडको संघर्षपुर्ण जित



अ+ अ-

म्याड्रिड । एटलेटिको म्याड्रिडले बुधबार गेटाफेलाई १-० ले हरायो र स्पेनी ला लिगाको शीर्ष स्थानमा कायम रह्यो । लुइस स्वारेजले हेडबाट गरेको एक मात्र गोलमा एट्लेटिकोले दुई खेल कम खेलेर पनि शीर्ष स्थानमा दुई अंकको अग्रता कायम राखेको हो । यो प्रशिक्षक डिएगो सिमोनीका लागि क्बलको पाँच सयौं खेल पनि रह्यो ।

लिगमा लगातार तेस्रो जितपछि एथलेटिकोको १४ खेलबाट २५ अंक भएको छ । छिमेकी रियल म्याड्र्रिड दुई अंकको दूरीमा दोस्रो स्थानमा छ । बुधबारको अर्को खेलमा रियलले एल्चेसँग १–१ को बराबरीमा रोकियो । रियलले लुका मोडरिचको गोलले २० औं मिनेटमा अग्रता लिन सफल भएको थियो ।

तर फिडेल चाभेसले पेनाल्टीबाट दोस्रो हाफमा बराबरी गोल फर्काए । पछिल्ला दुई सिजन शीर्ष चारमा स्थान बनाएको गेटाफेले पनि यसपल्ट यस्तै प्रदर्शन दोहराउन सकेको छैन । गेटाफे १७ अंकसहित १४ औं स्थानमा रहेको छ । यो रेलिगेसन क्षेत्रबाट दुई अंक अगाडि मात्र हो ।