११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

संवैधानिक आयोग र नागरिक समाजबीच सहकार्यमा जोड

संवैधानिक आयोग र नागरिक समाजबीच सहकार्यमा जोड
अ अ+ अ-

काठमाडौं । संवैधानिक आयोग र नागरिक समाजबीच सहकार्य बढाएर देशमा भएको विद्यमान समस्याको निकास दिन जोड दिइएको छ ।

यूरोपियन यूनियनको आर्थिक सहयोगमा गैरसरकारी संस्था महासंघ नेपाल र अन्तर्राष्ट्रिय गैरसरकारी संथाहरुको सञ्जालदारा संयुक्त रुपमा काठमाडौंमा आयोजित लैगिक समानता र सामाजिक समावेशीकरण संवादः संवैधानिक आयोगहरु र नागरिक संघ संस्थाहरु बीचको सहकार्य विषयक कार्यक्रममा बक्ताहरुले संवैधानिक आयोग र नागरिक समाजबीच सहकार्य हुनु पर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधानविद् डा विपिन अधिकारीले संविधानको धारा ४२ (१)ले समेटेको समावेशी सहभागिताको विषयलाई पूर्णरुपमा कार्यान्वयन गर्न जोड दिए । संवैधानिक आयोगका केहि साझा कमजोरी रहेको र सुधारका क्षेत्रहरु धेरै भएको उल्लेख गर्दै राज्यका सबै अंगहरुमा लैंगिक समानता र सामाजिक समावेशीकरण बमोजिम प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए ।

नागरिक समाज र संवैधानिक आयोगहरुबिच स्वच्छ सम्बन्ध हुनुपर्नेमा जोड दिँदै उनले संसदले यसमा अहम् भुमिका खेल्नुपर्ने बताए ।

“पछिल्लो समयम नागरिक समाज र संवैधानिक आयोगहरुबीचको सम्बन्धलाई संसदले अस्वीकार गरेको जस्तो देखिएको छ । नागरिक संघसंस्था र संवैधानिक आयोगहरुको सम्बन्ध कुनै न कुनै रुपमा गाँसिएको हुन्छ । यसको अस्तित्व स्वीकार्नुपर्छ”, उनले भने ।

गैरसरकारी संघसंस्थाहरुले समाजमा खेल्ने सकारात्मक भूमिका र त्यसबाट संवैधानिक आयोगहरुलाई हुने फाइदाको बारेमा प्रकाश पार्दै उनले गैरसरकारी संघसंस्थाहरुलाई साधन स्रोत सम्पन्न बनाउन आवस्यक रहेको बताए ।

“नागरिक समाजले संवैधानिक आयोगहरुलाई खबरदारी, पहरेदारी र पारदर्शी बनाउन अहम भुमिका खेलेको छ र यसको आवस्यकता निरन्तर रुपमा रहिरहनु पर्छ । पालिकाले पनि नागरिक समाजलाई स्रोत सम्पन्न बनाउन बजेटको व्यवस्था गर्नुपर्छ”, उनले भने ।

नागरिक समाजको क्षमता अभिवृद्धि र विकासको लागि सम्बन्धित कानुनको निमाण गर्नुपर्नेमा जोड दिनु पर्ने उनले बताए ।

संवैधानिक आयोगहरुले आफ्नो संगठन विस्तार प्रदेश तथा स्थानीय तहमा पुयाउन नसकेको भन्दै उनले आयोगहरुको विकास र क्षमता अभिवृद्धि गर्न संगठनात्मक संरचना बढाउनु पर्नेमा जोड दिए ।

त्यस्तै जनजाति आयोगका अध्यक्ष राम बहादुर थापाले संवैधानिक आयोगहरुको सशक्तीकरणको लागि सरकार संवेदनशील हुनुपर्ने बताए ।

आयोगहरुको निर्माणमा नागरिक समाजको भूमिकाको चर्चा गर्दै उनले आयोगहरु नागरिक समाजप्रति उत्तरदायी हुनुपर्ने बताए । उनले संवैधानिक आयोगहरु र नागरिक समाजको सहकार्यको निरन्तरता हुनुपर्नेमा जोड दिए । “हामी नागरिक समाजसँग सहकार्य गर्न जहिले पनि तयार छौ”।

कार्यक्रममा बोल्दै महिला आयोगकी अध्यक्ष कमला पराजुलीले नागरिक समाज संवैधानिक आयोगको जगेडाको रुपमा रहेको बताइन् ।

आयोेगहरुको काम धेरै भएको र आफ्नो सिमित स्रोत साधनको कारणले गर्दा ती कामहरु प्रभावकारी रुपमा गर्नको लागि नागरिक संघसंस्थाहरुको सहयोग र सहकार्य आवस्यक रहेको उनले बताईन् । “नागरिक समाजसँगको सहयोग र सहकार्यमा हामीले समाजमा प्रभावकारी ढंगबाट काम गर्न सकिन्छ र सरकारलाई बढी उत्तरदायी बनाउन सकिन्छ”, उनले भनिन्।

राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्यालले नागरिक समाजलाई केवल अनुदानको स्रोतको रुपमा मात्र हेरिएको बताइन् ।

नागरिक समाजको योगदानमा स्थापित संवैधानिक आयोगहरुप्रती सरकार र समाजनै उदासिन भएको आरोप लगाउँदै उनले संवैधानिक आयोगका पदाधिकारीहरुको योग्यता र अनुभवको स्पष्ट मापदण्ड सिफारिस गर्नुपर्ने र पदाधिकारी र कर्मचारीहरुको क्षमता वृद्दि गर्नुपर्नेमा जोड दिईन् ।

त्यस्तै आयोगहरुबीच समन्वय र सहकार्यका लागि साझेदारी मञ्च तयार गरेर यसका लागि गैरसरकारी महासंघ नेपालले सहजिकरण गर्नुपर्ने बताइन् ।

राष्ट्रिय मानवअधिकार आयोगका कार्यवाहक अध्यक्ष डा सुर्यप्रसाद शर्मा ढुंगेलले नागरिक समाज संवैधानिक आयोगहरुका लागि समाजमा काम गर्न एउटा प्रभावकारी औजार हुन सक्ने बताए । उनले सरकारले संवैधानिक आयोगको सिफारिसहरुको मात्र १५ प्रतिशत कार्यान्वयन गरेको बताउँदै उनले नागरिक समाज र संवैधानिक आयोगहरुकोे सहकार्यमा विद्यमान समस्या समाधान तर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।

त्यस्तै, नागरिक समाज र संवैधानिक आयोहरुको सहअस्तित्व रहेको बताउदै यूरोपियन यूनियनका प्रतिनिधि शिव भण्डारीले नागरिक समाजलाई जगेर्ना र प्रबर्धन गर्न आयोगहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।