५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक आयोग र नागरिक समाजबीच सहकार्यमा जोड



अ+ अ-

काठमाडौं । संवैधानिक आयोग र नागरिक समाजबीच सहकार्य बढाएर देशमा भएको विद्यमान समस्याको निकास दिन जोड दिइएको छ ।

यूरोपियन यूनियनको आर्थिक सहयोगमा गैरसरकारी संस्था महासंघ नेपाल र अन्तर्राष्ट्रिय गैरसरकारी संथाहरुको सञ्जालदारा संयुक्त रुपमा काठमाडौंमा आयोजित लैगिक समानता र सामाजिक समावेशीकरण संवादः संवैधानिक आयोगहरु र नागरिक संघ संस्थाहरु बीचको सहकार्य विषयक कार्यक्रममा बक्ताहरुले संवैधानिक आयोग र नागरिक समाजबीच सहकार्य हुनु पर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधानविद् डा विपिन अधिकारीले संविधानको धारा ४२ (१)ले समेटेको समावेशी सहभागिताको विषयलाई पूर्णरुपमा कार्यान्वयन गर्न जोड दिए । संवैधानिक आयोगका केहि साझा कमजोरी रहेको र सुधारका क्षेत्रहरु धेरै भएको उल्लेख गर्दै राज्यका सबै अंगहरुमा लैंगिक समानता र सामाजिक समावेशीकरण बमोजिम प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए ।

नागरिक समाज र संवैधानिक आयोगहरुबिच स्वच्छ सम्बन्ध हुनुपर्नेमा जोड दिँदै उनले संसदले यसमा अहम् भुमिका खेल्नुपर्ने बताए ।

“पछिल्लो समयम नागरिक समाज र संवैधानिक आयोगहरुबीचको सम्बन्धलाई संसदले अस्वीकार गरेको जस्तो देखिएको छ । नागरिक संघसंस्था र संवैधानिक आयोगहरुको सम्बन्ध कुनै न कुनै रुपमा गाँसिएको हुन्छ । यसको अस्तित्व स्वीकार्नुपर्छ”, उनले भने ।

गैरसरकारी संघसंस्थाहरुले समाजमा खेल्ने सकारात्मक भूमिका र त्यसबाट संवैधानिक आयोगहरुलाई हुने फाइदाको बारेमा प्रकाश पार्दै उनले गैरसरकारी संघसंस्थाहरुलाई साधन स्रोत सम्पन्न बनाउन आवस्यक रहेको बताए ।

“नागरिक समाजले संवैधानिक आयोगहरुलाई खबरदारी, पहरेदारी र पारदर्शी बनाउन अहम भुमिका खेलेको छ र यसको आवस्यकता निरन्तर रुपमा रहिरहनु पर्छ । पालिकाले पनि नागरिक समाजलाई स्रोत सम्पन्न बनाउन बजेटको व्यवस्था गर्नुपर्छ”, उनले भने ।

नागरिक समाजको क्षमता अभिवृद्धि र विकासको लागि सम्बन्धित कानुनको निमाण गर्नुपर्नेमा जोड दिनु पर्ने उनले बताए ।

संवैधानिक आयोगहरुले आफ्नो संगठन विस्तार प्रदेश तथा स्थानीय तहमा पुयाउन नसकेको भन्दै उनले आयोगहरुको विकास र क्षमता अभिवृद्धि गर्न संगठनात्मक संरचना बढाउनु पर्नेमा जोड दिए ।

त्यस्तै जनजाति आयोगका अध्यक्ष राम बहादुर थापाले संवैधानिक आयोगहरुको सशक्तीकरणको लागि सरकार संवेदनशील हुनुपर्ने बताए ।

आयोगहरुको निर्माणमा नागरिक समाजको भूमिकाको चर्चा गर्दै उनले आयोगहरु नागरिक समाजप्रति उत्तरदायी हुनुपर्ने बताए । उनले संवैधानिक आयोगहरु र नागरिक समाजको सहकार्यको निरन्तरता हुनुपर्नेमा जोड दिए । “हामी नागरिक समाजसँग सहकार्य गर्न जहिले पनि तयार छौ”।

कार्यक्रममा बोल्दै महिला आयोगकी अध्यक्ष कमला पराजुलीले नागरिक समाज संवैधानिक आयोगको जगेडाको रुपमा रहेको बताइन् ।

आयोेगहरुको काम धेरै भएको र आफ्नो सिमित स्रोत साधनको कारणले गर्दा ती कामहरु प्रभावकारी रुपमा गर्नको लागि नागरिक संघसंस्थाहरुको सहयोग र सहकार्य आवस्यक रहेको उनले बताईन् । “नागरिक समाजसँगको सहयोग र सहकार्यमा हामीले समाजमा प्रभावकारी ढंगबाट काम गर्न सकिन्छ र सरकारलाई बढी उत्तरदायी बनाउन सकिन्छ”, उनले भनिन्।

राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्यालले नागरिक समाजलाई केवल अनुदानको स्रोतको रुपमा मात्र हेरिएको बताइन् ।

नागरिक समाजको योगदानमा स्थापित संवैधानिक आयोगहरुप्रती सरकार र समाजनै उदासिन भएको आरोप लगाउँदै उनले संवैधानिक आयोगका पदाधिकारीहरुको योग्यता र अनुभवको स्पष्ट मापदण्ड सिफारिस गर्नुपर्ने र पदाधिकारी र कर्मचारीहरुको क्षमता वृद्दि गर्नुपर्नेमा जोड दिईन् ।

त्यस्तै आयोगहरुबीच समन्वय र सहकार्यका लागि साझेदारी मञ्च तयार गरेर यसका लागि गैरसरकारी महासंघ नेपालले सहजिकरण गर्नुपर्ने बताइन् ।

राष्ट्रिय मानवअधिकार आयोगका कार्यवाहक अध्यक्ष डा सुर्यप्रसाद शर्मा ढुंगेलले नागरिक समाज संवैधानिक आयोगहरुका लागि समाजमा काम गर्न एउटा प्रभावकारी औजार हुन सक्ने बताए । उनले सरकारले संवैधानिक आयोगको सिफारिसहरुको मात्र १५ प्रतिशत कार्यान्वयन गरेको बताउँदै उनले नागरिक समाज र संवैधानिक आयोगहरुकोे सहकार्यमा विद्यमान समस्या समाधान तर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।

त्यस्तै, नागरिक समाज र संवैधानिक आयोहरुको सहअस्तित्व रहेको बताउदै यूरोपियन यूनियनका प्रतिनिधि शिव भण्डारीले नागरिक समाजलाई जगेर्ना र प्रबर्धन गर्न आयोगहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।