४ श्रावण २०८३, सोमबार
,
Latest
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गरिने, सरकारद्वारा कार्यदल गठन काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या, आरोपीको खोजी तीव्र अवैध व्यापार गर्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट उत्तरी भियतनाममा बाढी र पहिरोबाट पाँच जनाको मृत्यु, तीन बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्जिनियरिङ लाइसेन्स परीक्षामा सहभागी गराउन नेबिसंघको ध्यानाकर्षण



अ+ अ-

काठमाडाैंः उपत्यकाका पाँच क्याम्पसका नेविसंघ क्याम्पस इकाई समितिका सभापतिले पोखरा विश्वविद्यालयका विद्यार्थीहरुलाई इन्जिनियरिङ लाइसेन्स परीक्षामा सामेल गराउन सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।

युनिभर्सल कलेजका नेविसंघ इकाइ सभापति विनोद रावल, कसमस कलेजका सभापति जेनिथ साह, एन. सि.आई.टि. कलेजका सभापति टिकेश भट्ट, एभरेष्ट कलेजका सभापति प्रजित अधिकारी र नेपाल ईन्जिनियरिङ्ग कलेजका सभापति सलन खत्रीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका छन् । उनीहरुले नेपाल इन्जिनियरिङ्ग काउन्सिल, पोखरा विश्वविद्यालय प्रशासन र नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयका साथै अन्य सरोकारवालाको ध्यानााकर्षण गराएका हुन् ।

ज्ञापन पत्रमा भनिएको छ, नयाँ ईन्जिनियरिङ्ग लाईसेन्स परीक्षाको फर्म यहि मिति २०८१ असार ०७ गतेसम्म तोकिएको छ । देशकै दोस्रो ठूलो विश्वविद्यालयको रुपमा रहेको पोखरा विश्वविद्यालयको नतिजा लगत्तै प्रकाशित भएको जगजाहेर नै छ । परीक्षामा सहभागी हुन सम्पूर्ण प्रक्रियाहरु पुरा गर्न समय लाग्ने गर्दछ । यो विषयलाई ध्यानै नदिई नेपाल ईन्जिनियरिङ्ग काउन्सिलले प्रकाशित गरेको निर्णय खेदजनक छ । विद्यार्थीहरुलाई परीक्षा दिनबाट वञ्चित गराउने नेपाल इन्जिनियरिङ्ग काउन्सिल र पोखरा विश्वविद्यालयको चरम लापवाही हो । तसर्थ यो निर्णय सच्चाएर म्याद थप गरी विद्यार्थीलाई परीक्षा दिने अवसर दिइयोस् ।

 

हाम्रो विज्ञप्तिलाई बेवास्ता गरि २४ घण्टा भित्र उक्त निर्णय नसच्चाए नेपाल विद्यार्थी संघले नेपाल ईन्जिनियरिङ्ग काउन्सिल र पोखरा विश्वविद्यालय विरुद्द थप संर्घषका कार्यक्रम गर्न बाध्य हुनेछ, विज्ञप्तिमा भनिएको छ ।

उपत्यकाका पाँच सभापतिले नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई भेटेर पोखरा विश्वविद्यालयका विद्यार्थीहरुलाई नेपाल इन्जिनियरिङ काउन्सिलको लाइसेन्स परीक्षामा सहभागी हुने वातावरण मिलाउन उचित पहल गरिदिन आग्रह गरेका छन् ।

नेपाल इन्जिनियरिङ्ग काउन्सिल र पोखरा विश्वविद्यालयको चरम लापवाहीका कारण पोखरा विश्वविद्यालयका विद्यार्थीहरुको भविश्य अन्योलमा पर्ने अवस्था आएको र यस्को मुख्य कारक पोखरा विश्वविद्यालका परीक्षा नियन्त्रक विद्यार्थीहरुको नतिजा प्रकाशित भए पछि पनि आफ्नो कर्तव्यबाट भागी आफूखुशी बिदामा बसि सम्पूर्ण विद्यार्थीको भविष्य अन्योलमा पारेको परीक्षा नियन्त्रकको चरम लापरवाही हो, आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको एन. सि.आई.टि कलेजका सभापति टिकेश भट्टले बताए ।