१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन दुई हजार सात सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली बजारमा आज साता कारोबारको पहिलो दिन आइतबार सुन–चाँदीको मूल्य घटेको छ।

आज सुन एकैदिन प्रतितोला दुई हजार सात सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५० रूपैयाँ घटेर एक हजार आठ सय १५ रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।