२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ : नेपालसँग क्यानाडा पराजित News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

भलिबलले राष्ट्रबाट उचित सम्बोधन पाएन, संघले खेल अझै सुचारु गर्न सकेन

भलिबलले राष्ट्रबाट उचित सम्बोधन पाएन, संघले खेल अझै सुचारु गर्न सकेन
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलको मान्यता पाएको भलिबलले नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा राम्रै चर्चा पायो । पुरुष र महिला टोलीको प्रदर्शनलाई तुलाना गर्दा महिला टोलीले निकै राम्रो प्रशंसा पनि पायो । महिला टोली उपविजेतामा खुम्चिन बाध्य बन्यो भने पुरुष टोली सुरुआती चरणबाट नै बाहिरियो । राष्ट्रिय खेल बनेसँगै भलिबलले राष्ट्रबाट उचित सम्बोधन पाएको छैन भने नेपाल भलिबल संघले क्यालेन्डरका खेल अझै सुचारु गर्न सकेको छैन । 

कोभिडले विश्व थलिएसँगै खेलकुदपनि त्यसको मारमा पर्यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता तय भएको तालिकामा हुन नसक्दा केही महाकुम्भ खेल मेला पनि सरे । तर चलायमान भइराख्नु पर्ने खेलकुद क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा जुरमु¥याउँदा नेपालमा भने त्यो सम्भव हुन सकेन । न्युन भौतिक पूर्वाधार र पूरा गर्नु पर्ने स्वास्थ पोर्टोकल असम्भव हुँदा नेपाली खेलकुदलाई ठप्प राख्नु बाहेक विकल्प रहेन । तर अहिलेको अवस्थामा खेलकुद गतिविधि विस्तारै तंग्रिन थालेका छन् । प्राविधिक हिसाबमा संघले गर्नु पर्ने जिम्मेवारीे पूरा गर्न सकेका छैनन भने तालिकाका केही प्रतियोगितामा पनि आयोजना हुन सकेका छैनन् । राष्ट्रिय खेल भलिबल भन्दै चर्को भाषण गरे पनि अझै सम्म भलिबल संघले कुनै प्रतियोगिताको तालिका तय गर्न सकेको छैन ।

कोभिड महामारी भएको पनि वर्ष दिन वितिसकेको छ । गत चैत यता नेपालमा भलिबल गतिविधि प्राय ठप्प छन् । अहिले सकरकारी तवरबाट खेलाडीलाई खेलमा फर्काउनका लागि अनौपचारिक रुपमा अनुमति दिए पनि भलिबल संघले कुनै पनि गतिविधितर्जुमा गर्न सकेको छैन । किन नसकेको त भन्ने जिज्ञासामा महासचिव चन्दले आर्थिक विषय मुख्य पाटो भएको बताउनुभयो ।

दक्षिण एसियाली खेलकुद (साग) मा महिला टोलीले गरेको प्रदर्शनलाई लिएर भलिबल संघ दंग देखिन्छ । तर पुरुष टोलीमा खस्किएको पारो संघले नियाल्न नसकेको नतिजामा छर्लङ छ ।  नियमित र न्युन प्रतियोगिताका कारण खेलाडीले पनि राम्रोसँग प्रदर्शन गर्न नसकेको विषयलाई स्वीकार गर्छन  । राष्ट्रिय खेलकुद परिषद (राखेप) मा धेरै संघ मध्येको भलिबल संघले राष्ट्रिय खेलको मान्यता पाउँदा दंग नै छ । तर सार्वजनिक रुपमा संघले आर्थिक हिसाबमा कमजोर भएको स्विकार पनि गर्दछ । कमजोर आर्थिक विषय देखाउँदै प्रतियोगिता गर्न धौ धौ हुने पनि सर्वाजनिक कार्यत्रममा गुनासो गर्दै आएको छ । सामान्य पूर्वाधार र जटिल भौगोलिक बनोटमा सम्भव हुने खेल भन्दै राष्ट्रियताको मान्यता लिन हतारो गरेको संघ साख जोगाउन गम्भीर नदेखिएको हो ?  राष्ट्रिय खेल जस्तो ट्याग बोकेको खेलले प्रतियोगिताका लागि अझै किन तदारुक्दा नदेखाएको ?