८ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौँ प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’ जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध तेक्वान्दोको तीनदिने राष्ट्रिय रेफ्री सेमिनार शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडाबाट ५८ कार्टुन भेपसहित ५ जना पक्राउ



अ+ अ-

मकवानपुर। हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङबाट ५८ कार्टुन अवैध भेपसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विहीबार राति काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसमा लुकाई ल्याएको अवस्थामा २ करोड ७१ लाख २१ हजार रुपैयाँ बराबरको ५८ काटुन अवैध भेप र भेपका फ्लेवरहरु बरामद गरिएको हो ।

विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले टोली अवैध भेप बरामद गरेको हो ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गर्दै अवैधरुपमा भन्सार छलेर भेप ओसारपसारमा सक्रिय दोलखा भीमश्वेर नगरपालिका–२ का ३७ वर्षीय सलाम मोक्तान, कटारी नगरपालिका–११, उदयपुरका २७ वर्षीय प्रविन्द्र राना, दुप्चेश्वर गाउँपालिका, नुवाकोटको ३९ वर्षीय इन्द्रबहादुर दर्जी र ३० वर्षीय सन्तोष भुषाल, धनकुटा बेलार नगरपालिका–१६ का २९ वर्षीय राजकुमार हिमाङलाई सार्वजनिक गरेको छ ।

पक्राउ परेकाहरूले यसअघि पनि विभिन्न समयमा उक्त रुट र बसको प्रयोग गरी भन्सार छली गरेर अवैध सामानहरू चीनबाट भारत पुर्‍याउने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

पक्राउ परेका व्यक्ति र अवैध भेप थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरिएको छ ।