३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदीमा चरम गर्मीका कारण हजमा गएका एक हजारभन्दा बढी तीर्थयात्रीको मृत्यु



अ+ अ-

रियाद । यस वर्षको हजबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको एएफपीले बिहीबार जनाएको छ । साउदी अरबमा चरम गर्मीका कारण मृत्यु हुनेमध्ये आधाभन्दा बढी दर्ता नभएका तीर्थयात्रीहरू रहेका थिए ।

हज यात्रामा मृत्यु हुनेको बिहीबार प्रकाशित नयाँ प्रतिवेदनअनुसार इजिप्टका ५८ जना रहेको अरबका एक कूटनीतिज्ञले बताउनुभएको छ । उहाँले मृत्यु हुने कूल छ सय ५८ जनामा छ सय ३० दर्ता नगरिएका तीर्थयात्री रहेको बताउनुभयो ।

हज तीर्थयात्राको क्रममा लगभग १० देशका एक हजार ८१  जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । इस्लामिक क्यालेन्डरद्वारा निर्धारित समयमा गरिने हज यस वर्ष साउदीको प्रचण्ड गर्मीको समयमा परेको हो ।

राष्ट्रिय मौसम विज्ञान केन्द्रले यस हप्ताको सुरुमा मक्काको ग्रान्ड मस्जिदमा ५१ दशमलव आठ डिग्री सेल्सियसको उच्च तापक्रम रिपोर्ट गरेको थियो । गत महिना प्रकाशित साउदीको एक अध्ययनअनुसार यस क्षेत्रको तापक्रम प्रत्येक दशकमा शून्य दशमलव चार डिग्री सेल्सियसले बढिरहेको छ  ।

प्रत्येक वर्ष हजारौँ तीर्थयात्रीले आधिकारिक अनुमतिको महङ्गो शुल्क तिर्न नसक्दा अनियमित माध्यममार्फत हज गर्ने प्रयास गर्छन् ।

साउदीका अधिकारीहरूका अनुसार यस महिनाको सुरुमा मक्काबाट थुप्रै दर्ता नभएका तीर्थयात्रीलाई फिर्ता गरेको भए पनि धेरैले गत शुक्रबार सुरु भएको मुख्य संस्कारमा बिना दर्ता भाग लिएको देखिन्छ ।

अधिकारीहरूले आधिकारिक अनुमति बिना प्रवेश गर्नेको सङ्ख्या धेरै भएपछि तीर्थयात्रीको व्यवस्थापन गर्न नसक्दा यस वर्ष गर्मीको जोखिम बढी भएको बताएका छन् ।

इजिप्टका कूटनीतिज्ञले अत्यधिक गर्मीका कारण उच्च रक्तचाप र अन्य समस्याबाट तीर्थयात्रीहरूको मृत्यु भएको बताएका छन् । इजिप्ट बाहेक, मलेसिया, पाकिस्तान, भारत, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया र इराकको स्वायत्त कुर्दिस्तानले पनि आफ्नो नागरिकको मृत्यु रिपोर्ट गरेको छ ।

मृतकका परिवार र आफन्तहरूले अझै बेपत्ता भएका तीर्थयात्रीहरूको खोजी गरिरहेका छन् ।