• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव ! ★   नक्कली सुनको मुर्ति देखाई ठगी गरेको आरोपमा भारतीय नागरिकसहित पाँच जना पक्राउ ★   काँग्रेस एमालेका शिर्ष नेताहरुबीच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन: सांसद गिरी ★   सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी ★   संसदको आकस्मिक समय: बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न माग ★   युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री ★   बिहीबारसम्म मनसुन थप सक्रिय हुने ★   बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी ★   राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन ★   आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु: भुवन केसी

काँग्रेसकै बीचमा गठबन्धन गरौँ, कुनै पार्टीले हराउन सक्दैन: नेता कोईराला



काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसको बीचमा गबठन्धन भए अन्य राजनीतिक दलहरुले निर्वाचनमा पराजित गर्न नसक्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले घात, अन्तर्घात हुने भयले अन्य राजनीतिक दलहरुबीच गठबन्धन हुने गरेको भएपनि काँग्रेसको बीचमा गठबन्धन गरेको खण्डमा कुनैपनि राजनीतिक दलले हराउन नसक्ने जिकिर गर्नुभयो । उहाँले महिलाहरु लैङ्गिक प्रतिनिधित्वमा राजनीतिक प्रतिनिधित्व भन्दा माथि उठ्न नसकेको बताउनु भयो । उहाँले राजनीतिकसँगै आर्थिक, सामाजिक प्रतिनिधित्वमा पनि त्यत्तिकै सबल र सक्षम हुनुपर्ने बताउनु भयो । उहाँले अबको निर्वाचनमा महिलाहरुलाई स्थानीय तहमा नेपाली काँग्रेसले प्राथमिकता दिएर पालिकाको अध्यक्षमा धेरै सिटहरु माहिलालाई दिन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लैङ्गिक प्रतिनिधित्वको कुरा गर्दा हामी राजनीतिक प्रतिनिधित्व भन्दा माथि उठ्नै सकिरहेका छैनौँ । तपाईंहरुसँग कुरा गर्दा हाम्रो राजनीतकि प्रतिनिधित्व भएन भन्ने मात्रै पाउँछौँ । आर्थिक प्रतिनिधित्व, सामाजिक प्रतिनिधित्वको कुरामा तपाईंहरु पनि चुक्नुभएको छ जस्तो लाग्छ । यो विषयमा छलफल गरी रणनीति तयार गरेर अघि बढ्नुहोला । जतिसुकै राजनीतिक अधिकार दिएपनि आर्थिक अधिकार तपाईंहरुको भएन, सामाजिक अधिकारहरु भएन भने समस्या जहीँ को त्यहीँ रहन्छ । त्यसकारण आर्थिक समानता, सामाजिक समानताका कुराहरु पनि त्यत्तिकै ध्यान दिनुपर्छ ।’

‘३३ प्रतिशत सिट हामी रिजर्भेसन त गरेका छाँै, मलाई के लाग्छ भने यो सिट जसरी रिजर्भेसन गरेका छौँ, राजनीतिक तहमा । त्यो आफ्नो ठाउँमा अपर्याप्त होला । तपाईंहरुको माग ५१ प्रतिशत नै हो । हामीलाई आपत्ति छैन । ३३ प्रतिशत भइसकेको छ भने अब ५१ प्रतिशत गर्न के आपत्ति भयो र । त्यसको लागि सक्षम बन्दै जानुपर्ने हुन्छ । त्यो सक्षमता बन्नका लागि अबको निर्वाचनमा महिलाहरुलाई स्थानीय तहमा नेपाली काँग्रेसले प्राथमिकता दिएर पालिकाको अध्यक्षमा पनि धेरै सिटहरु माहिलालाई दिन जरुरी छ । दोस्रो कुरा प्रदेश र संघ संसदको बीचमै प्रतिष्पर्धा गराइ अघि जानुपर्छ । त्यसमा तपाईंहरु तयार हुनुहुन्छ भन्ने म विश्वस्त छु । घात अन्तर्घात हुन्छ भनेर हामी गठबन्धन गरिरहेका छाँै, राजनीतिक दलहरुको बीचमा । मलाई के लाग्छ भने नेपाली काँग्रेस आफैँ पनि सक्षम छ । हामी हाम्रो बीचमा गठबन्धन गरौँ । नेपाली काँग्रेसको बीचमा गबठन्धन गर्ने हो भने हामीलाई कुनैपनि शक्तिले हराउन सक्दैन । अन्य दलहरुसँग गठबन्धन गर्नै पर्दैन ।’

नेता कोईरालाले महिलाहरुलाई प्रदेश र संघ संसदको बीचमै प्रतिष्पर्धा गराइ अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।