८ श्रावण २०८३, शुक्रबार
,
Latest
पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी प्रतिवद्ध छः महानिरीक्षक पौडेल सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट अनैतिक कार्यमा संलग्न ४७ विदेशी महिला ‘डिपोर्ट’ झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै प्लाइउड निर्यातका अवरोध तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथको भेटी चोरीको कसुरमा पाँच जना जेल चलान



फाईल फोटो
अ+ अ-

काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेका पाँचजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिमणि गौतमको इजलासले पक्राउ परेका ६ जनामा पाँच जनालाई पुर्पक्षका लागि कारागार पठाउने र एक जनालाई धरौटीमा छोड्न आदेश गरेका हुन् ।

पक्राउ परेका ६ जनाविरुद्ध २ करोड ३० लाख १ हजार बिगो मागदाबी गर्दै चोरीको कसुरमा मुद्दा चलाइएको थियो ।

अदालतको आदेशसँगै पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियार कारागार चलान भएका छन् । यस्तै, सत्यनारायण जोशी ३ लाख धरौटी तिरेर रिहा भएका छन् ।