• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत समाजवादीद्वारा महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल ★   सरकारले राजदुत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ: सांसद साउद ★   मापसे गरी झगडा गरेपछि उड्नै लागेको जहाजबाट फर्काइए राजेशपायल ★   सहज बन्दै बेनीका सडक ★   विपद्मा परेका नागरिकको उद्धार र पुन:स्थापना गर्न सांसदहरुको माग ★   धवलागिरि आइसफल पदमार्ग निर्माणमा तीव्रता ★   दुर्गमका स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण ★   मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु ★   मन्त्रीले सांसद पर्खनुपर्दा… ★   मुग्लिन–पोखरा सडक विस्तार: ५३ किलोमिटर कालोपत्र पूरा

भिक्षुलाई ढोगेका नारायणकाजीको पार्टीभित्रै टिप्पणी



काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भिक्षुलाई ढोगीरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

अहिले सार्वजनिक भएको तस्बिरलाई लिएर पार्टीका नेताहरु पनि विभिन्न टिप्पणी गर्न थालेका छन् । नेता लेखनाथ न्यौपानेले त सामाजिक सञ्जालमार्फत् नै फोटोका विषयमा टिप्पणी गरेका छन् ।

उनले भनेका छन्– ‘हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष कमरेडले पार्टीको आन्तरिक प्रशिक्षणमा १, २, ३ … नम्बर बुँदा बनाएर यही विषयमा मन्तव्य राख्ने निश्चित भयो, होइन त ?;

यो तस्बिरलाई लिएर नारायणकाजी श्रेष्ठको आलोचनासमेत बढेको छ ।

कम्युनिष्ट सिद्धान्तको बखान गरेर नथाक्ने श्रेष्ठ पछिल्लो समय भने ध्यानमा निकै झुकाव राख्छन् । उनले गृहमन्त्री हुँदा कारागारमा रहेका कैदीहरुलाई समेत ध्यान र योगाको फाइदाबारे प्रवचन दिए । कार्यालय समयभित्र विरलै आइपुग्ने सिंहदरबारका कर्मचारीहरुलाई कार्यालय समय अघि नै आएर ध्यान गर्नसमेत उर्दी जारी गरे । तत्कालीन गृहमन्त्री श्रेष्ठको ध्यान र योगाप्रति मोह बढिरहँदा गत चैत २५ गते भद्रकाली परिसरमा बौद्ध भिक्षुलाई प्रहरीले लात्ति हानिरहेको फोटो र भिडिओ पनि उत्तिकै भाइरल भयो ।

त्यस्तै, पछिल्लो समय गेरुवस्त्र लगाएका एक जना बौद्धमार्गीलाई उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले ढोगिरहेको तस्वीरको खुबै आलोचना भइरहेको छ । उक्त तस्वीर दोलखाको सैलुङ गाउँपालिका–७ मा खिचिएको हो । उपप्रधान एवं परराष्ट्रमन्त्री हिजो (मंगलबार) धर्म गुरुलाई भेट्न उक्त ठाउँमा पुगेका थिए ।

वर्माबाट आएका बौद्ध धर्मगुरु पा औकलाई भेट्न मन्त्री श्रेष्ठ दोलखाको सैलुङ गाउँपालिका–७ मा पुगेका थिए । सो क्रममा उनले धर्मगुरुलाई ढोगेका हुन् । त्यहाँ उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठ र धर्मगुरुबीच करिब १ घण्टा कुराकानी भएको बताइएको छ ।