६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

भिक्षुलाई ढोगेका नारायणकाजीको पार्टीभित्रै टिप्पणी

भिक्षुलाई ढोगेका नारायणकाजीको पार्टीभित्रै टिप्पणी
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भिक्षुलाई ढोगीरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

अहिले सार्वजनिक भएको तस्बिरलाई लिएर पार्टीका नेताहरु पनि विभिन्न टिप्पणी गर्न थालेका छन् । नेता लेखनाथ न्यौपानेले त सामाजिक सञ्जालमार्फत् नै फोटोका विषयमा टिप्पणी गरेका छन् ।

उनले भनेका छन्– ‘हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष कमरेडले पार्टीको आन्तरिक प्रशिक्षणमा १, २, ३ … नम्बर बुँदा बनाएर यही विषयमा मन्तव्य राख्ने निश्चित भयो, होइन त ?;

यो तस्बिरलाई लिएर नारायणकाजी श्रेष्ठको आलोचनासमेत बढेको छ ।

कम्युनिष्ट सिद्धान्तको बखान गरेर नथाक्ने श्रेष्ठ पछिल्लो समय भने ध्यानमा निकै झुकाव राख्छन् । उनले गृहमन्त्री हुँदा कारागारमा रहेका कैदीहरुलाई समेत ध्यान र योगाको फाइदाबारे प्रवचन दिए । कार्यालय समयभित्र विरलै आइपुग्ने सिंहदरबारका कर्मचारीहरुलाई कार्यालय समय अघि नै आएर ध्यान गर्नसमेत उर्दी जारी गरे । तत्कालीन गृहमन्त्री श्रेष्ठको ध्यान र योगाप्रति मोह बढिरहँदा गत चैत २५ गते भद्रकाली परिसरमा बौद्ध भिक्षुलाई प्रहरीले लात्ति हानिरहेको फोटो र भिडिओ पनि उत्तिकै भाइरल भयो ।

त्यस्तै, पछिल्लो समय गेरुवस्त्र लगाएका एक जना बौद्धमार्गीलाई उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले ढोगिरहेको तस्वीरको खुबै आलोचना भइरहेको छ । उक्त तस्वीर दोलखाको सैलुङ गाउँपालिका–७ मा खिचिएको हो । उपप्रधान एवं परराष्ट्रमन्त्री हिजो (मंगलबार) धर्म गुरुलाई भेट्न उक्त ठाउँमा पुगेका थिए ।

वर्माबाट आएका बौद्ध धर्मगुरु पा औकलाई भेट्न मन्त्री श्रेष्ठ दोलखाको सैलुङ गाउँपालिका–७ मा पुगेका थिए । सो क्रममा उनले धर्मगुरुलाई ढोगेका हुन् । त्यहाँ उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठ र धर्मगुरुबीच करिब १ घण्टा कुराकानी भएको बताइएको छ ।