२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन विलियम्सनले न्युजिल्यान्डको कप्तानीबाट राजीनामा दिए



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ मा न्युजिल्यान्डको खराब प्रदर्शनपछि कप्तान केन विलियम्सनले एकदिवसीय र टी–२० कप्तान पदबाट राजीनामा दिएका छन् ।

केन्द्रीय करार पनि खारेज गर्ने निर्णय भएको छ । केन विलियम्सनले सामान्य अनुबन्धलाई रोज्ने निर्णय गरेका छन् । जसका कारण उनले विश्वका विभिन्न टी–२० लिगमा खेल्ने मौका पाउनेछन् ।

केन विलियम्सनको कप्तानीमा सन् २०२४ को टी–२० विश्वकपमा न्युजिल्यान्डले सुपर–८ मा स्थान बनाउन सकेन । उ समूह चरणबाटै बाहिरिएको थियो । टी–२० विश्वकपको इतिहासमा किवी टोली समूह चरणभन्दा अगाडि बढ्न नसकेको यो पहिलो पटक भएको हो ।

प्रतियोगितामा समूह ‘सी’ मा रहेको किवीले पहिलो दुई खेलमा अफगानिस्तान र वेस्ट इन्डिजसँग हार बेहोरेको थियो ।

न्युजिल्यान्ड क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा केन्द्रीय सम्झौता छाडेर केन विलियम्सनले सीमित ओभरको फर्म्याटको कप्तानी पनि छोडेको जानकारी दिइएको छ । किवी टिमको सेन्ट्रल कन्ट्रयाक्टमा परेका खेलाडीहरु राष्ट्रिय टोली र घरेलु सुपर स्म्यासका खेलका लागि उपलब्ध हुनुपर्नेछ ।

केन विलियम्सनले ९१ ओडिआई र ७५ टी–२० खेलमा न्युजिल्यान्डको कप्तानीको जिम्मेवारी लिएका छन् । यस अवधिमा किवी टोलीले ४७ ओडीआई र ३९ टी–२० खेल जितेको छ ।




भर्खरै