• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

म्यानमारमा नागरिकको चित्कार– हरक्षण त्रास



काठमाडौं । दक्षिणपूर्वी एसियाली देश म्यानमार सन् २०२१ को फेब्रुअरीदेखि अशान्त छ । प्रजातन्त्र र स्वतन्त्रताका लागि देशमा रगतको नदी बगिरहेको छ । जुन्ता सरकारले नागरिकका अधिकार खोसेर चरम शोषण गर्दै आएको छ ।

नागरिकमाथि जुन्ता सरकारको चरम यातनाका कारण वर्माको अवस्था कमजोर बनेको छ । अहिले वर्मा बस्न लायक बनेको छैन । वर्माको सरकारले सबैलाई सताएको छ । एक पाइला हिँड्दा बम पड्किन्छ कि भन्ने डर छ भने राति सुत्दा पनि आकाशबाट बम झर्छ कि भन्ने डरका भरमा नागरिक बस्न बाध्य छन् ।

म्यान्मारमा सेनाको बेग्लै रवैया छ, रित्तिँदै गरेका गाउँबस्तीमा भेटिएका मानिसलाई च्याप्पै समातेर लैजान्छ । त्यसरी समातिएकाहरूलाई बन्दुक बोकाएर लड्न पठाउँछ कि हत्या गर्छन् या घुस लिएरमात्रै छोडिदिन्छ । बस्न सक्ने स्थिति नै नरहेपछि म्यान्माका गाउँबस्ती रित्तिरहेका छन् । सेनाले म्यान्मारका १८ देखि ३५ वर्षमा मुनिका सबै युवा सेनामा भर्ना हुनुपर्ने र सैनिक सेवा दिनुपर्ने नियम लागू गरेको छ । सरकारले जनतामा डर त्रास देखाउने गरेको छ । वर्माको सैनिक जनताको दुस्मन भएको छ । नागरिकको सुरक्षा गर्नुपर्नेमा भक्षक भएको छ । यो कुरा वर्माका नागरिक कसैलाई स्वीकार छैन । तर बाध्य भएर सरकारको चरम दबाब झेलेर बस्नुपरेको छ ।

त्यसो त जुन्ता सरकारको ज्यातती भोग्न नसकेर युवाहरु पलायन हुन भइरहेका छन् । धेरै जसो थाइल्यान्डतर्फ त कोही मलेसिया पलायन भएका छन् । कोही भने मलेसिया गएका छन् । कतिपय युवा भारततिर गएका छन् भने कोही बर्माको बोर्डरमा पुगेर बसेका छन् ।

बर्मामा करिब ३ लाख नेपालीभाषी छन् । नेपाली भाषीहरु प्रख्यात पनि छन् । वर्मामा बर्मेली गोर्खाली भनेर चिनिन्छन् । सरकारले बर्मेली गोर्खालीलाई नागरिकता पनि दिएको छ । बर्माले गोर्खाली हुन् भने नाम प्रतिष्ठा र इज्जत पनि दिएको छ । तर अहिले परिवारको पीरले गर्दा विदेशिनु परेको छ ।

जुन्ता सरकारले देशभर नै ज्यातती गरेको छ । त्यसको मारमा नेपाली भाषी मात्र परेका छ्रैनन्, आफ्नै जातिलाई पनि छाडेको छैन । खर्बुजामाथि चक्कु झर्दा पनि खर्बुजा फुट्ने, चक्कुमाथि खर्बुजा झर्दा पनि खर्बुजा नै फुट्ने भन्ने स्थितिमा म्यानमारका नागरिक छन् । किनकी विद्रोहीतर्फ लागे सरकारको डर र सरकारतर्फ लागेर विद्रोहीको त्रासको स्थितिमा म्यानमारका नागरिक छन् ।

नागरिक सरकारको मातहतमा रहेको पिपुल्स डिफेन्स फोर्स पीडीएफ, युवा विद्यार्थीहरुको विद्रोही दस्ता र दशकौंदेखि राज्यसँग लड्दै आएका दर्जनौं जातीय सशस्त्र विद्रोही समूहहरु सरकारी जुन्ता सेनासँग भिडिरहेका छन् ।

पछिल्लो एक वर्षयता सरकारी सेनाले पराजय भोगिरहेको छ । थाइल्याण्ड र चीनसँग सीमा जोडिएका कतिपय सीमावर्ती क्षेत्रमा विद्रोहीले कब्जा जमाएका छन् । लडाइँका क्रममा विद्रोहीभन्दा ठूलो संख्यामा सरकारी सेना मारिएको दाबी छ । क्रूर सेना युद्ध मैदानमा पराजित हुँदै आएको छ ।

तीन वर्षदेखि लगातार हुँदै आएको युद्धले सेनाको मनोबल कमजोर भएको छ । श्यान राज्यस्थित मुख्य बटालियनका १ हजार ५ सयसेनाले एकैसाथ विद्रोहीसामु आत्मसर्मपण गरेका थिए । लडिरहेका सैनिकहरू भारत, बंगलादेश, थाइल्याण्डतिर भाग्न थालेपछि सेनाको नेतृत्व आफ्नो साख जोगाउन रक्षापंक्तिमा उभिएको छ ।

सुन्नुहोस् म्यानमारबाट विस्थापित एक नागरिकले भोगेको पीडा–

देश छोड्न बाध्य पारिएका नागरिकका कुराहरु Newspolar (youtube.com)