१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

म्यानमारमा नागरिकको चित्कार– हरक्षण त्रास

म्यानमारमा नागरिकको चित्कार– हरक्षण त्रास
अ अ+ अ-

काठमाडौं । दक्षिणपूर्वी एसियाली देश म्यानमार सन् २०२१ को फेब्रुअरीदेखि अशान्त छ । प्रजातन्त्र र स्वतन्त्रताका लागि देशमा रगतको नदी बगिरहेको छ । जुन्ता सरकारले नागरिकका अधिकार खोसेर चरम शोषण गर्दै आएको छ ।

नागरिकमाथि जुन्ता सरकारको चरम यातनाका कारण वर्माको अवस्था कमजोर बनेको छ । अहिले वर्मा बस्न लायक बनेको छैन । वर्माको सरकारले सबैलाई सताएको छ । एक पाइला हिँड्दा बम पड्किन्छ कि भन्ने डर छ भने राति सुत्दा पनि आकाशबाट बम झर्छ कि भन्ने डरका भरमा नागरिक बस्न बाध्य छन् ।

म्यान्मारमा सेनाको बेग्लै रवैया छ, रित्तिँदै गरेका गाउँबस्तीमा भेटिएका मानिसलाई च्याप्पै समातेर लैजान्छ । त्यसरी समातिएकाहरूलाई बन्दुक बोकाएर लड्न पठाउँछ कि हत्या गर्छन् या घुस लिएरमात्रै छोडिदिन्छ । बस्न सक्ने स्थिति नै नरहेपछि म्यान्माका गाउँबस्ती रित्तिरहेका छन् । सेनाले म्यान्मारका १८ देखि ३५ वर्षमा मुनिका सबै युवा सेनामा भर्ना हुनुपर्ने र सैनिक सेवा दिनुपर्ने नियम लागू गरेको छ । सरकारले जनतामा डर त्रास देखाउने गरेको छ । वर्माको सैनिक जनताको दुस्मन भएको छ । नागरिकको सुरक्षा गर्नुपर्नेमा भक्षक भएको छ । यो कुरा वर्माका नागरिक कसैलाई स्वीकार छैन । तर बाध्य भएर सरकारको चरम दबाब झेलेर बस्नुपरेको छ ।

त्यसो त जुन्ता सरकारको ज्यातती भोग्न नसकेर युवाहरु पलायन हुन भइरहेका छन् । धेरै जसो थाइल्यान्डतर्फ त कोही मलेसिया पलायन भएका छन् । कोही भने मलेसिया गएका छन् । कतिपय युवा भारततिर गएका छन् भने कोही बर्माको बोर्डरमा पुगेर बसेका छन् ।

बर्मामा करिब ३ लाख नेपालीभाषी छन् । नेपाली भाषीहरु प्रख्यात पनि छन् । वर्मामा बर्मेली गोर्खाली भनेर चिनिन्छन् । सरकारले बर्मेली गोर्खालीलाई नागरिकता पनि दिएको छ । बर्माले गोर्खाली हुन् भने नाम प्रतिष्ठा र इज्जत पनि दिएको छ । तर अहिले परिवारको पीरले गर्दा विदेशिनु परेको छ ।

जुन्ता सरकारले देशभर नै ज्यातती गरेको छ । त्यसको मारमा नेपाली भाषी मात्र परेका छ्रैनन्, आफ्नै जातिलाई पनि छाडेको छैन । खर्बुजामाथि चक्कु झर्दा पनि खर्बुजा फुट्ने, चक्कुमाथि खर्बुजा झर्दा पनि खर्बुजा नै फुट्ने भन्ने स्थितिमा म्यानमारका नागरिक छन् । किनकी विद्रोहीतर्फ लागे सरकारको डर र सरकारतर्फ लागेर विद्रोहीको त्रासको स्थितिमा म्यानमारका नागरिक छन् ।

नागरिक सरकारको मातहतमा रहेको पिपुल्स डिफेन्स फोर्स पीडीएफ, युवा विद्यार्थीहरुको विद्रोही दस्ता र दशकौंदेखि राज्यसँग लड्दै आएका दर्जनौं जातीय सशस्त्र विद्रोही समूहहरु सरकारी जुन्ता सेनासँग भिडिरहेका छन् ।

पछिल्लो एक वर्षयता सरकारी सेनाले पराजय भोगिरहेको छ । थाइल्याण्ड र चीनसँग सीमा जोडिएका कतिपय सीमावर्ती क्षेत्रमा विद्रोहीले कब्जा जमाएका छन् । लडाइँका क्रममा विद्रोहीभन्दा ठूलो संख्यामा सरकारी सेना मारिएको दाबी छ । क्रूर सेना युद्ध मैदानमा पराजित हुँदै आएको छ ।

तीन वर्षदेखि लगातार हुँदै आएको युद्धले सेनाको मनोबल कमजोर भएको छ । श्यान राज्यस्थित मुख्य बटालियनका १ हजार ५ सयसेनाले एकैसाथ विद्रोहीसामु आत्मसर्मपण गरेका थिए । लडिरहेका सैनिकहरू भारत, बंगलादेश, थाइल्याण्डतिर भाग्न थालेपछि सेनाको नेतृत्व आफ्नो साख जोगाउन रक्षापंक्तिमा उभिएको छ ।

सुन्नुहोस् म्यानमारबाट विस्थापित एक नागरिकले भोगेको पीडा–

देश छोड्न बाध्य पारिएका नागरिकका कुराहरु Newspolar (youtube.com)