१ असार २०८३, सोमबार
,
Latest
रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पहाडी भू-भागमा हिमपात र वर्षा, यस्तो छ आगामी तीन दिनको मौसम प्रर्वानुमान



अ+ अ-

काठमाडौं । हाल मौसममा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि स्थानमा हुसुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

पौष १८ गते शनिबारको दिन लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रहने मौसम विभागले जनाएको छ । सुदुर पश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भू-भागमा हल्का हिमपात र केही स्थानमा वर्षाको समेत सम्भावना रहेको छ ।

पौष १९ गते आईतबारको दिन देशभर आंशिक बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको साथै पहाडी भू-भागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहने मौसम विदले जनाएका छन्।

पौष २० गते सोमबारको दिन सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी र  बाग्मति प्रदेशका उच्च हिमाली भू-भागमा र केहि स्थानहरुमा हल्का हिमपातको साथै हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाकामा तापक्रममा कमि भई चिसो बढ्ने हुदाँ चिसोबाट बच्न महाशखाले सचेत गराएका छन् । साथै हुस्सुरकुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना रहेको जनाएको छ । 




भर्खरै