८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पहाडी भू-भागमा हिमपात र वर्षा, यस्तो छ आगामी तीन दिनको मौसम प्रर्वानुमान



अ+ अ-

काठमाडौं । हाल मौसममा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि स्थानमा हुसुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

पौष १८ गते शनिबारको दिन लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रहने मौसम विभागले जनाएको छ । सुदुर पश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भू-भागमा हल्का हिमपात र केही स्थानमा वर्षाको समेत सम्भावना रहेको छ ।

पौष १९ गते आईतबारको दिन देशभर आंशिक बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको साथै पहाडी भू-भागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहने मौसम विदले जनाएका छन्।

पौष २० गते सोमबारको दिन सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी र  बाग्मति प्रदेशका उच्च हिमाली भू-भागमा र केहि स्थानहरुमा हल्का हिमपातको साथै हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाकामा तापक्रममा कमि भई चिसो बढ्ने हुदाँ चिसोबाट बच्न महाशखाले सचेत गराएका छन् । साथै हुस्सुरकुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना रहेको जनाएको छ ।