१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोपट्टी बाँधेर धर्ना बसे संसद्का कर्मचारी



अ+ अ-

काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीहरूले महासचिव पद्म प्रसाद पाण्डेको कार्यकक्ष घेराउ गरेका छन् ।

मंगलबार कर्मचारीलाई सेवा सुविधाको व्यवस्था गर्न माग गर्दै उनीहरुले संसद् महासचिव पाण्डेको कार्यकक्ष घेराउ गरेका हुन् ।

संसद्‍मा कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरे बापत सेवा सुविधा, भत्ता लगायत थप गर्न माग गर्दै धर्ना दिइएको संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्बासेले जानकारी दिए ।

कर्मचारीहरू बिहान १० बजेदेखि बिहान ११ बजेसम्म धर्ना बसेका र प्रतिनिधि सभाको बैठक सुरु भएपछि नियमित काममा फर्किएका उनले बताए । उनीहरुले हातमा कालो पट्टी बाँधेर काम गरिरहेका छन् ।

संसद्का कर्मचारीहरूले गत जेठ २९ गतेदेखि चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् ।