६ श्रावण २०८३, बुधबार
,
Latest
प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपः फ्रान्स, स्लोभाकिया र रोमानिया विजयी



अ+ अ-

काठमाडौँ । जर्मनीमा जारी युरो कप २०२४ फुटबल प्रतियोगितामा फ्रान्स, स्लोभाकिया र रोमानिया विजयी भएका छन् ।

सोमबार भएका खेलहरुमा फ्रान्सले अष्ट्रियालाई १-० गोलले पराजित गर्यो ।अष्ट्रियाका माक्सिमिलियन ओवरले ३८ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । सोही उपहार गोलले फ्रान्स विजयी बन्यो ।

यस्तै, स्लोभाकियाले बेल्जियममाथि १-० गोलको जित हात पार्यो । स्लोभाकियालाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ७ औं मिनेटमा इभान सार्न्जले गोल गरे ।

यस्तै, हिजो नै भएको अर्को खेलमा रोमानियाले युक्रेनलाई ३-० गोलले पराजित गर्यो । रोमानियालाई सहज जित दिलाउन खेलको २९ औं मिनेटमा निकोलाइ स्टान्चीयु, ५३ औं मिनेटमा राजभान मारिनले तथा ५७ औं मिनेटमा डेनिस ड्रागसले गोल गरे ।

आज मंगलबार राति ९ः४५ बजे टर्की र जर्जिया तथा १२ः४५ बजे पोर्चुगल र चेक रिपब्लिकबीच खेल हुँदैछ ।