• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु

युरो कपः फ्रान्स, स्लोभाकिया र रोमानिया विजयी



काठमाडौँ । जर्मनीमा जारी युरो कप २०२४ फुटबल प्रतियोगितामा फ्रान्स, स्लोभाकिया र रोमानिया विजयी भएका छन् ।

सोमबार भएका खेलहरुमा फ्रान्सले अष्ट्रियालाई १-० गोलले पराजित गर्यो ।अष्ट्रियाका माक्सिमिलियन ओवरले ३८ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । सोही उपहार गोलले फ्रान्स विजयी बन्यो ।

यस्तै, स्लोभाकियाले बेल्जियममाथि १-० गोलको जित हात पार्यो । स्लोभाकियालाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ७ औं मिनेटमा इभान सार्न्जले गोल गरे ।

यस्तै, हिजो नै भएको अर्को खेलमा रोमानियाले युक्रेनलाई ३-० गोलले पराजित गर्यो । रोमानियालाई सहज जित दिलाउन खेलको २९ औं मिनेटमा निकोलाइ स्टान्चीयु, ५३ औं मिनेटमा राजभान मारिनले तथा ५७ औं मिनेटमा डेनिस ड्रागसले गोल गरे ।

आज मंगलबार राति ९ः४५ बजे टर्की र जर्जिया तथा १२ः४५ बजे पोर्चुगल र चेक रिपब्लिकबीच खेल हुँदैछ ।