२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

अझैसम्म पनि राष्ट्रपति कार्यालयको लिखित जवाफ सर्वोच्चमा पुगेन

अझैसम्म पनि राष्ट्रपति कार्यालयको लिखित जवाफ सर्वोच्चमा पुगेन
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका कार्यालयले अनिवार्यरुपमा आज आइतबारसम्म लिखित जवाफ सर्वोच्च अदालतमा पठाउनुपर्नेछ । सर्वोच्च अदालतका एक कर्मचारीले दिएको जानकारीअनुसार शुक्रबारसम्म त्यस्तो लिखित जवाफ पुगेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट निवेदन दायर भएका थिए । ती रिट निवेदनमा प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासले यही पुस १९ गतेसम्म लिखित जवाफ पेस गर्न राष्ट्रपति कार्यालयसमेतलाई आदेश दिएको थियो ।

आदेशमा भनिएको थियो– ‘निवेदनको मागबमोजिमको आदेश किन जारी हुनुनपर्ने होरु आदेश जारी हुनुनपर्ने कानुनबमोजिमको आधार र कारण भए सोसमेत साथै राखी म्याद थाम्न नपाउने गरी मिति २०७७।९।१९ सम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरुलाई यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी सूचना म्याद जारी गरी नियमानुसार पेस गर्नु ।’ थाम्ने म्याद नदिएपछि आइतबारसम्म अनिवार्यरुपमा विपक्षीहरुले आफूले तयार पारेका लिखित जवाफ पठाइसक्नुपर्ने सर्वोच्चका एक कर्मचारीले जानकारी दिए ।

सो आदेश दिने संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहनुभएको थियो । यसैबीच संवैधानिक इजलासले माग गरेबमोजिम नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएनले एमिकस क्युरी ९अदालतको सहयोगी०का रुपमा पाँचै जना वरिष्ठ अधिवक्ता चयन गरेका छन् । नेपाल बारले वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीषकृष्ण खरेल र विजयकान्त मैनालीलाई एमिकस क्युरीको रुपमा छानेको छ । यसै गरी सर्वोच्च बारले वरिष्ठ अधिवक्ताहरु पूर्णमान शाक्य र खगेन्द्रप्रसाद अधिकारीलाई एमिकस क्युरीका रुपमा बहस गर्न पठाउने भएको छ ।

संवैधानिक इजलासले नेपाल बारबाट तीन र सर्वोच्च बारबाट दुई जना वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुमध्येबाट एमिकस क्युरीका रुपमा पठाउन ती निकायहरुसँग माग गरेको थियो । संवैधानिक इजलासले प्रतिनिधिसभा पुनस्र्थापनको माग गर्दै दायर भएका रिट निवेदनको निरन्तर सुनुवाइ यही पुस २२ गतेबाट गर्ने पनि आदेशमा उल्लेख गरेको छ । नेपाल समाचारपत्र दैनिक